चलचित्र ‘जात्रै जात्रा’अष्ट्रेलियाकाको लागि ३५ लाखमा बिक्यो

बर्ष २०७४ को सुपरहिट चलचित्र ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ ले तयार हुनु भन्दा अघी नै ३५ लाख कमाएको छ । केही दिन अघी मात्रै टिजर सार्वजनिक गरेर फ्लोरमा गएको चलचित्रको अष्ट्रेलियाको राइट्स ३५ लाखमा बिक्री भएको हो । चलचित्र अष्ट्रेलियामा प्रदर्शन गर्नको लागि ३५ लाखको सम्झौता भएको निर्देशक प्रदिप भट्टराईले सामाजिक सन्जाल फेसबुक मार्फत जानकारी दिएका छन् ।

चलचित्रलाई होर होइन होला इभेन्ट र पप अप इन्टरटेन्मेन्टले अष्ट्रेलियामा प्रदर्शन गर्ने अधिकार प्राप्त गरेको छ , जस बापत चलचित्रले ३५ लाख रुपैया प्राप्त गर्नेछ । चलचित्र सन् २०१९ मार्चमा अष्ट्रेलियाको मुख्य शहर सिड्नीमा प्रदर्शन हुने भएको छ । ‘जात्रा’ ले नेपाल सँगै अष्ट्रेलियामा पाएको राम्रो प्रतिकृया र गरेको ब्यापारको कारण त्यसको सिक्वेल ‘जात्रै जात्रा’ बन्नु अघी नै बिक्री भएको बुझिएको छ । चलचित्रका कार्यकारी निर्माता तथा कलाकार रबिन्द्र सिंह बानियाँले चलचित्र अन्य देशमा पनि प्रदर्शन गराउने बारे छलफल भईरहेको जानकारी दिनुभयो ।
फाल्गुन १७ लाई प्रदर्शन मिती तय गरेको ‘जात्रै जात्रा’ लाई यादव पौडेल र सिङगे लामाले निर्माण गरेका हुन् । चलचित्रमा ‘जात्रा’ कै मुख्य कलाकारहरु रबिन्द्र सिंह बानियाँ, बिपिन कार्की, बर्षा राउत र रबिन्द्र झा दोहोरिएका छन् भने दाँयाह्याङ राईको पनि इन्ट्री भएको छ ।

Namaste Filmy

Read Previous

चलचित्र 'भिलेन'को लोक फ्लेवरमा पहिलो गीत सार्वजनिक (भिडियो)

Read Next

विर्तामोड, धरान, बुटवल र धनगढीमा नेपथ्यले कन्सर्ट गर्दै