निकै चर्चित गीत ‘गङनम स्टाइल’का गायक पीएसवाई नेपाल आउदै

निकै चर्चित गीत ‘गङनम स्टाइल’का गायक पीएसवाई (पार्क जेई साङ) कन्सर्टको लागि नेपाल आउने भएका छन् ।रेकर्ड ब्रेकर गीत ‘गङनम स्टाइल’का गायक पीएसवाई नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापित भएको ४५ वर्ष पुगेको अवसरमा कोरियाली राजदुतावासले आयोजना गर्न लागेको कार्यक्रममा सहभागीहुन आउन लागेका हुन् ।

कोरियामा उनी हाँस्य स्टेज प्रस्तुती र भिडियोबाट चर्चित छन् भने अन्तर्राष्ट्रीय रुपमा गङनम स्टाइल गीत तथा भिडियोले उनलाई चर्चित बनाएको छ । १५ जुलाई २०१२मा सार्वजनिक भएको उक्त गीतको भिडियो २१ डिसेम्बर २०१२मा आएर यूट्युबको इतिहासमै पहिलोपटक एक अर्ब भ्युज बनाउन सफल भयो ।
पीएसवाई साउथ कोरियन गायक, र्यापर, रचनाकार पनि हुन् ।उनले डिसेम्बर १५ तारिखमा खुमलटारस्थित सातदोबाटोको रेडियो ग्राउण्डमा हुने ‘पीएसवाई विथ के पप लाइभ इन नेपाल’ कन्सर्टमा आफनो प्रस्तुती देखाउने छन् ।
कार्यक्रममा पीएसवाईलाई नेपालका चर्चित पप गायक दीपक बजार्चायले पनि साथ दिने छन् । पछिल्लो समयमा उनको ‘मनमगन’ गीतले बजार निकै तताइरहेको छ । यो गीत नेपाली भाषामा मात्र नभई हिन्दी भाषामा समेत रिमेक गरिएको छ ।कन्सर्टमा बज्राचार्यले नेपाली भेषभुषा र नेपाली मौलिक बाजाहरुलाई समेटेर आफ्नो ब्याण्ड सहितको प्रस्तुती दिनेछन् ।

Namaste Filmy

Read Previous

विर्तामोड, धरान, बुटवल र धनगढीमा नेपथ्यले कन्सर्ट गर्दै

Read Next

‘शत्रु गते’ अब तपाईंकै मोबाइलमा