युट्युबमा २ करोड पटक हेरियो ‘चङ्गा चेट’ को ‘गोजीमा दाम छैन ’ गीत (भिडियो)

कार्तिक १६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘चङ्गा चेट’ को गीत ‘गोजीमा दाम’ छैन बोलको गीत २ करोड क्लबमा प्रवेश गरेको छ । युट्युबमा सार्वजनिक भएको करिब ३ महिनामा गीतले २ करोड भन्दा माथि भ्युज पाएको हो । यस्तै गीतले अहिले सम्म ७६ हजार भन्दा धेरै लाईक्स र ९ हजार ५ सयको हाराहारीमा डिस लाईक्स प्राप्त गरेको छ भने ४ हजार ७ सय भन्दा धेरैले कमेन्ट गरेका छन् ।

सामान्यतया सबैको मुख झुन्डिने शब्द ‘गोजीमा दाम छैन’ लाई सापटी लिएर गीत बनाएको कारण गीतलाई बच्चा देखी वृद्दा सबैले निकै मन पराएका छन् । गीत अनुसार नै म्युजिक भिडियो पनि स्तरिय बनेको छ, जसले गीतलाई झनै हाईप दियो । राजनराज सिवाकोटी र मेलिना राई र ग्रिश्मा सिवाकोटीको आवाज रहेको गीतमा हरिहर तिमल्सिना शब्द तथा राजनराज सिवाकोटीको संगीत रहेको छ । यस्तै गीतमा राजन ईशानको एरेन्ज रहेको छ । गीतको भिडियोमा मुख्य कलाकारहरु प्रियंका कार्की, सन्दिप क्षेत्री, आयुश्मान देशराज जोशी श्रेष्ठ, सुरक्षा पन्त, परमिता आरएल राणा र रबिन्द्र झाको अभिनय रहेको छ । गीतको भिडियोमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ ।

गोजीमा दाम हुनेहरुको दम्ब र नहुनेहरुको व्यथामा आधारित चलचित्र ‘चङ्गा चेट’ अहिले तेस्रो हप्तामा प्रदर्शन भईरहेको छ । मिश्रित प्रतिकृया प्राप्त गरेको चलचित्रले सन्तोषजनक ब्यापार गरीरहेको छ । चलचित्रका निर्माता माधव वाग्लेले भने अहिले सम्म चलचित्रले लगानी सुरक्षित नगरेको बताएका छन् । वाग्लेका अनुसार चलचित्र हेरेका दर्शकहरुले फिल्म मन पराएका छन् । दिपेन्द्र के खनाल निर्देशित चलचित्र निर्माणमा शर्मिला पाण्डेले वाग्ले सँग सहकार्य गरेकी छिन् ।

 

Namaste Filmy

Read Previous

सौगात मल्ल र सलोन बस्नेत कश्मिराको अघि हिरो बन्न खोज्दा (भिडियो)

Read Next

मजदुरलाई पारिश्रमिक नदिएपछि सलमान खानको ‘भारत’को सुटिङ रोकिएको थियो