यसकारण माछाले स्तन छोपिन शुभेच्छाले ।

 [dropcap]के[/dropcap]हि महिना अघि निकै चर्चा पाएको नायिका शुभेच्छा थापाले स्तन माछाले छोपेर तस्वीर खिचाउनुको कारण खुलेको छ । अगामी जेठ बाट अलनेपाल रिलिजको तयारीमा रहेको फिल्म ‘द मिस नेपाल’को बारेमा जानकारी दिन आयोजना गरिएको एक कार्यक्रममा यसबारेमा शुभेच्छाले खुलेर बोलेकी हुन ।miss nepalकार्यक्रममा यसअघि विभिन्न कारण विवादमा परेपनि अब फिल्मको बारेमा कुनै विवाद नरहेको फिल्मकी निर्मात्री नायिका शुभेच्छा थापाले बताइन । उनले फिल्म मिस नेपाल नेपालले समाजलाई कुनै पनि गलत सन्देश नदिने जनाउदै फिल्मले मानवअधिकार र नेपाली संस्कृतिको मूल मुद्दालाई उठाइएको बताइन ।
यसअघि फिल्म विभिन्न कारण पटक पटक विवादमा अल्झिएको थियो । बर्षेनी मिस नेपाल प्रतियोगिता आयोजना गर्दै आइरहेको द हिडेन ट्रेजर ले फिल्ममाथी औला उठाएपछि केहि समयपहिले विवाद चुलिएको थियो । हिडेन ट्रेजरले फिल्मको प्रदर्शनमा समेत रोक लगाउने धम्कीसमेत दिएको थियो । तर हाल आएर त्यो सबै विवाद खत्तम भइसकेको शुभेच्छाको स्पष्टोक्ति थियो । त्यतिमात्र हैन फिल्मकी नायिका शुभेच्छा थापा को नग्न तस्विरमा माछाले स्तन छोपेपछि पनि फिल्म विवादमा तानिएको थियो । यसबारेमा बोल्दै शुभेच्छाले हिडेन ट्रेजरलाई तर्साउन यस्तो फोटोसुट गराएकि बताइन । हिडेन ट्रेजरले आफुलाई आन्तरिक रुपमा तनाव दिइरहेको र बिकिनी मात्र लगाउदा उनीहरु खुलेर नआउने भएकोले यस्तो तस्वीर खिचाएको बताइन । शुभेच्छाले हिडेन ट्रेजरले कलिलो नेपाली किशोरीहरुलाई बाध्य बनाएर बिकिनीमा तस्वीर खिचाउनु पनि शोषण नै भएका आरोप लगाइन ।miss nepal1
यता फिल्मका हिरो सबिन श्रेष्ठले फिल्ममा आफुले सक्दो मिहेनत गरेका बताए । त्यस्तै फिल्मको निर्देशक सुरेन्दै तुलाधारले आफु फिल्मले पाउने प्रतिक्रियाप्रति उत्सुक रहेको बताए । शुभेच्छा थापाको निर्माणमा सुरेन्द्र तुलाधारको निर्देशन रहेको फिल्ममा सविन श्रेष्ठ, शुभेच्छा थापा, क्षितिजा शाक्य लगायतको अभिनय रहेको छ । यसअघि पटकपटक प्रदर्शनमा आउने भनिएपनि रिलिज डेट सारीरहेको फिल्म अब अगामी जेठ ९ मा रिलिज हुनेछ ।

Namaste Filmy

Read Previous

सिक्वेल बन्ने क्रम बढ्यो । 'बाटो मुनिको फूल २' पनि बन्दै ।

Read Next

निरन्तर १२ घण्टा नाचे ऋतिक रोशन ।