मजदुरलाई पारिश्रमिक नदिएपछि सलमान खानको ‘भारत’को सुटिङ रोकिएको थियो

सलमान खानको ठूलो बजेटको भनिएको फिल्म ‘भारत’को एक तस्वीर बाघा बोर्डरबाट आएको थियो । यो फोटोमा सलमान खान र कटरिना कैफ सँगै उभिएका देखिएका थिए । यो फोटोले सामाजिक संजालमा निकै चर्चा पाएको छ । तर, यो चर्चासँगै फिल्मको विषयमा निकै आश्चर्यजनक खबर बाहिरिएको छ । भारत निर्माण टिमले सुटिङमा काम गर्ने मजदुरको ३५० रुपैयाँ पनि तिर्न नसकेको खबरले तरंग ल्याएको छ ।

भारतीय दैनिक अमर उजालाको अनलाइनले स्रोतको हवाला दिँदै फिल्ममा काम गर्ने सर्पोटिङ एक्टरहरुले दैनिक पारिश्रमिक नपाएकै कारण सुटिङ गर्न अस्वीकार गरेको खबर लेखेको छ । समाचारमा उल्लेख भएअनुसार स्थानीय मिडियामा मजदुरले पारिश्रमिक नपाएको समाचार आएको छ ।
ती मजदुरलाई फिल्मको टिमले दिनको ३५० रुपैयाँ पारिश्रमिकमा ल्याएको थियो । त्यो पारिश्रमिकको भुक्तानीको लागि मजदुरलाई चेक दिइएको थियो जुन चेक बाउन्स भएको छ । चेक बाउन्स भएपछि मजदूरहरुले सुटिङ गर्न अस्वीकार गरेको समाचारमा जनाइएको छ । यद्यपि २ दिनपछि केही मजदुरलाई पारिश्रमिक दिइएको बताइएको छ ।

Namaste Filmy

Read Previous

युट्युबमा २ करोड पटक हेरियो ‘चङ्गा चेट’ को ‘गोजीमा दाम छैन ’ गीत (भिडियो)

Read Next

नेपाल आइडलबाट क्रिसल कँडेल बाहिरिए