दुई स्टार प्रदिप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह सगै फिल्म खेल्दै

प्रदिप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह, अहिले नेपाली सिनेमामा सबै भन्दा चर्चामा रहेको नाम हो । यि दुईको फिल्म हलमा लाग्ने बित्तिकै दर्शकको ओईरो लाग्ने गर्दछ । अहिलेको अवस्थामा यि दुईको नाम नै काफी रहेको छ । ब्याक टु ब्याक हिट फिल्म दिएका प्रदिप र साम्राज्ञीलाई लिएर फिल्म बनाउन चाहने निर्माता निर्देशकहरुको लामै लाईन लाग्ने गर्दछ ।
निर्माताहरुलाई यि दुईलाई लिएर फिल्म बनाउदा लगानी सुरक्षित हुन्छ भन्ने लाग्दछ । यस्तै यि दुईको अपोजिटमा रहेर काम गर्न चाहनेहरु पनि प्रसस्तै रहेका छन्। दर्शकहरु पनि यि दुईको फिल्म हेर्न निकै आतुर हुने गर्दछन्। केही समय यता प्रदिप र साम्राज्ञी एकै फिल्ममा काम गर्ने चर्चा चलिरहेको छ । यो बिषय अझै पनि चर्चा कै बिषय बनिरहेको छ । उनिहरु सम्बन्धी बिभिन्न समाचारहरु बाहिर आए । दर्शकहरु पनि प्रदिप र साम्राज्ञीलाई एकै फिल्ममा हेर्न चाहन्छन् ।

यसै क्रममा हेमराज बिसीको नयाँ चलचित्रमा यो जोडीले सँगै काम गर्ने चर्चा चले पनि पक्का भने भएको थिएन । हेमराज बिसीको चलचित्रमा काम गर्न प्रदिप तयार भए पनि साम्राज्ञीले कन्फर्म नगरदा अन्यौल भएको थियो । तर अन्तत अब प्रदिप र साम्राज्ञीको जोडीलाई दर्शकले एकै चलचित्रमा देख्न पाउने भएका छन् । अर्थात अहिलेकी मस्ट डिमाण्डेड अभिनेत्री साम्राज्ञीले हेमराज बिसीको नयाँ चलचित्र साईन गरेकी छिन् । प्रदिपले भने यस अघी नै चलचित्रको लागि सम्झौता गरिसकेका थिए । यता अभिनेत्री साम्राज्ञीले आझै साँझ लिखित रुपमा कागजी सम्झौता भएको गरेको स्रोतले बताएको छ ।

अर्को बर्षको बैशाख बाट छायांकन सुरु हुने भनिएको चलचित्रका लागि साम्राज्ञीले महँगो पारीश्रमिक लिएको बताईएको छ । यो जोडीले सँगै एउटै फिल्ममा काम गर्ने पक्का भए पछी अब दर्शक माझ चलचित्रको प्रतिक्षा बेग्र हुने पक्का रहेको छ । यस्तै यो जोडीको फिल्म हलमा लागेको दिन दर्शकको भिड थामी नसक्नु हुने पनि पक्का पक्की रहेको छ ।

Namaste Filmy

Read Previous

नेपाल आइडलबाट क्रिसल कँडेल बाहिरिए

Read Next

दरबारमार्गमा सरोज खनालको 'माला आर्टस् एकेडेमी' शुभारम्भ