चलचित्र ‘गरुड पुराण’को फस्टलुक पोस्टर सार्वजनिक

चलचित्र ‘गरुड पुराण’को फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ ।चलचित्र आगामी माघ ४ गते बाट प्रदर्शनमा आउने भएको छ ।

सुवास कोईरालाको निर्देशन रहेको ‘गरुड पुराण’को सार्वजनिक पोस्टरमा नायक नाजिर हुसेनलाई व्यान्ड मास्टरको रुपमा प्रस्तुत गरिएको छ । नाजिर सँगै पोस्टरमा कलाकारहरु कर्म, प्रविण खतिवडा, कामेश्वर चौरसिया र नव नायिका प्रियंका सिंह ठकुरी प्रस्तुत छन् ।चलचित्रमा लुनिभा तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ लगायत कलाकारको पनि अभिनय छ ।

अजित प्रजापति र अशोक गौतमको निर्माण रहेकों यस चलचित्रमा रेनेशा बान्तवा राईको कोरियोग्राफी रहेको छ ।चलचित्रमा कोशिश क्षेत्रीको संगीत, कोशिश र मनिषा पोखरेलको गायन, सुशन प्रजापतिको छायांकन, उज्ज्वल ढकालको सम्पादन रहेको छ ।आकाश बराल, बिनोल खतिवडा र सुवास आफैंले लेखेको यो चलचित्रको कथा कशम नेपालको हो ।

Namaste Filmy

Read Previous

अभिनेत्रीद्वय रिमा विश्वकर्मा र बेनिशा हमाल बिचको समलिङ्गी सम्बन्ध (भिडियो)

Read Next

बरिष्ठअभिनेत्री भुवन चन्दले बनाउने चलचित्र ‘साइनो’ को अफिसियल घोषणा