
आइतबार राजधानीमा आयोजीत एक कार्यक्रमका विच अभिनेत्री भुवन चन्द थापाले सिनेमा निर्माणको अफिसियल घोषणा गर्नु भएको छ । नेपाली चलचित्र आमाबाट नेपाली सिनेमामा डेव्यु गरेकी बरिष्ठ अभिनेत्री भुवन चन्द थापाले लभस्टोरी कथामा नेपाली चलचित्र ‘साइनो’ निर्माण गर्न लग्नु भएको हो।
चलचित्र ‘साइनो’मा निता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल लगायतका कलाकारको मुख्य भुमिका रहने छ ।भुवन चन्दले यहि चलचित्र बाट नयाँ अभिनेता राज कुमारलाई नेपाली सिनेमामा डेव्यु गाराउँदै छिन् ।
चलचित्र ‘साइनो’बाट निर्देशनमा रमेश थापाले डेव्यु गर्दैछन् । अभिमन्यु निरवीको कथा लेखन रहेको सिनेमाका कार्यकारी निर्माता शरण थापा हुन् ।अभिनेत्री मिरुनाले नेपालकी प्रथम अभिनेत्रीको फिल्ममा आफू आबद्ध हुनु पाउनु सौभाग्यको कुरा रहेको बताइन् । उनी आफूले पाएको भूमिकालाई न्यायपूूर्वक निर्वाहा गर्ने वाचा गर्छिन् । भारतमा बस्दै आएका नव-अभिनेता राजकुमारले अभिनय सिकाउन नेपाल आएपनि भूमिका मन परेका कारण फिल्ममा अभिनय गर्न लागेको बताए ।
चलचित्रमा रामेश्वर कार्कीको छायंकन, रामजी लामिछानेको कोरियोग्राफी, रोशन विक्रम भट्टराइको द्धन्द्व, बसन्त सापकोटाको संगीत, बनिष शाहको सम्पादन रहने छ । काठमाडौं, काभ्रे, रसुवा, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक लगायतका विभिन्न रमणीय ठाँउमा सिनेमाको छायाँकन गरिनेछ । सिनेमाको छायाँकन अवधि ४० दिनको रहने निर्माण टिमले जनाएको छ ।

