बिपिन कार्कीको खुट्टाको अपरेशन गरियो

मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका नायक बिपिन कार्कीको खुट्टाको अपरेशन गरिएको छ । बिपिन चलचित्र ‘जात्रै जात्रा’को छायांकनका लागि जाँदै गर्दा काठमाण्डौको कालिमाटीमा दुर्घटनामा परेका थिए । बल्खुस्थित बयोधा अस्पतालमा खुट्टाको अप्रेशन भएको हो । उनले अब केही हप्ता पूर्ण रुपमा आराम गर्नुपर्नेछ ।

खुट्टाको अप्रेशन भएपछि उनले काम गरिरहेको चलचित्र ‘जात्रै जात्रा’को छायांकन समेत प्रभावित हुने भएको छ । फागूण १७ गतेलाई चलचित्रको प्रदर्शन मिति तय गरिसकिएको छ । यस्तै, उनी अभिनित चलचित्र ‘प्रसादु र ुगोपी’ रिलिजको तयारीमा छन् ।
बिहान कालिमाटीमा बाइक रोकिराखेको अवस्थामा तिव्र गतीमा आएको बाइकले आफूलाई ठक्कर दिएको विपिनले बताएका छन् । विपिनलाई ठक्कर दिएपछि सो बाइकले अर्को कारलाई पनि ठक्कर दिएको थियो । लाइसेन्स नभएका चालकले बाइक चलाएको वुझिएको छ ।

Namaste Filmy

Read Previous

सरगरमाथा म्युजिक अवार्ड २०७५ भव्यताका साथ सम्पन्न

Read Next

हरि लम्सालको 'प्रेम पत्र' सार्वजनिक (भिडियो)