गायिका ज्योति मगर माथि दुर्ब्यवहार, लिईन् चितवन प्रहरीको साहारा (भिडियो)

मंसिर ५ – लोक दोहोरी गायिका ज्योति मगर माथि दुर्ब्यवहार भएको छ । धुर्ब तारा युवा क्लब नवलपरासीले सिक्रौलीमा आयोजना गरेको एकादशी मेलाको कार्यक्रम सकेर  होटल फर्किएकी ज्योतिलाई प्रितम थापा नाम गरेका ब्यक्तीले मादक पदर्थ सेवन दुर्ब्यवहार गरेका हुन् । मंगलबार राती होटल रोयल सेन्चुरीमा खाना खाएर सुत्न जाने क्रममा थापाले अपशब्द प्रयोग गर्दै गाली गलौच गरेको ज्योतिले बताईन् ।

घटना बारे आयोजक सँग कुरा गरेपनी समाधान नभए पछी आफुले प्रहरीको साहारा लिएको ज्योतिले ए टु जेड समाचारलाई बताईन । थापालाई राती नै वडा प्रहरी कार्यालय पुलचोकले नियन्त्रणमा लिएको थियो । थापालाई आज कागजमा परिवारको जिम्मा लगाईएको छ ।

थापा बिरुद्द उजुरी हाल्न ज्योति आज जिल्ला प्रहरी कार्यालय चितवन पुगेकी थिईन् । तर थापाले प्रहरी समक्ष आफुबाट भुलबस गल्ती भएको र एक पटक माफ गरिदिन आग्रह गरेपछी ज्योति मगरकै आग्रहमा पुनह त्यस्तो गल्ती नदोहोर्याउने सर्तमा ति थापालाई छोडिएको छ । कलाकार माथि त्यस्तो व्यवहार हुनु राम्रो कुरा होइन, पछी फेरी यस्तो घट्ना नदोहोरियोस भनेर नै आफुले आवाज उठाएको ज्योतिको भनाई रहेको छ । ‘थापाले आफ्नो गल्ती स्विकार गर्दै माफी मागे त्यसैले कागज गरेर उहालाई छोडियो – ज्योतिले भनिन् ।’

Namaste Filmy

Read Previous

चैत्र २९ मा अनमोल केसीको ‘ए मेरो हजुर ३’ र सलिनमान बानिँयाको 'यात्रा' भिड्दै

Read Next

अमिताभ बच्चनले सयौँ किसानको ६ करोड ऋण तिरिदिए