निश्चल ,कर्मा, प्रियंका र अन्जली ‘गरुड पुराण’को आइटम गीतमा (भिडियो)

चलचित्र ‘गरुड पुराण’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘म त पिरिममा…’ बोलको आइटम गीतमा कोशिश क्षेत्रीको संगीत छछ भने दिनेश राउतले लेखेका हुन् । गीतमा कोशिश र मनिषा पोखरेलको आवाज रहेको छ ।

गीतको भिडियोमा निश्चल बस्नेत, कर्मा, प्रियंका सिंह ठकुरी र अन्जली योन्जनलाई फिचरिंग गरिएको छ । गीतको कोरियोग्राफी रेनाशा वान्तवा राईले गरेकी छिन् ।

माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘गरुड पुराण’मा नाजिर हुसेन, प्रविण खतिवडा, कामेश्वर चौरसिया, लुमिना तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा सरोज श्रेष्ठ र नव नायिका प्रियंका सिंह ठकुरी लगायत कलाकारको पनि अभिनय छ ।

सुवास कोईरालाको निर्देशन रहेको ‘गरुड पुराण’पारिवारिक प्रेमकथामा आधारित चलचित्र हो । अजित प्रजापति र अशोक गौतमको निर्माण रहेकों यस चलचित्रमा रेनेशा बान्तवा राईको कोरियोग्राफी रहेको छ ।

चलचित्रमा कोशिश क्षेत्रीको संगीत, कोशिश र मनिषा पोखरेलको गायन, सुशन प्रजापतिको छायांकन, उज्ज्वल ढकालको सम्पादन रहेको छ ।आकाश बराल, बिनोल खतिवडा र सुवास आफैंले लेखेको यो चलचित्रको कथा कशम नेपालको हो ।

Namaste Filmy

Read Previous

गायक प्रमोद खरेलको नया गीत 'तानिन उनैले'को भिडियो सार्वजनिक

Read Next

१२ वर्षपछी गायक सचिन रौनियारको कमब्याक , ’ए मान्छे’को भिडियो सार्वजनिक