१२ वर्षपछी गायक सचिन रौनियारको कमब्याक , ’ए मान्छे’को भिडियो सार्वजनिक

राना गायक सचिन रौनियारले झन्डै १२ वर्षपछी ’ए मान्छे’ बोलको गीतका साथ् कमब्याक गरेका छन् । डेढ दशक अगाडीको गीतसंगीतमा सुनिने र गुन्जिने नाम भएता पनि झन्डै १२ वर्षभने उनि नयाँ गीतसंगीतका साथ् प्रस्तुत भएनन् ।

सचिनले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरेका हुन् । मनोरंजनसँगै अनेकतामा एकताको संदेश समेत दिने गीतको शब्द प्रकाश सापकोटाले लेखेका हुन् भने यसमा जितेन लेप्चाको संगीत रहेको छ ।

गीतमा सचिनसँगै संजय श्रेष्ठ , बबिन , भिम तुलाधर लगायत पनि देखिएका छन् । सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको गीतको भिडियोमा विभिन्न भाषाभाषीको एकतालाई प्रस्ट्याईएको छ ।

’मनमगन’ पछी यसको किसिमको भिडियो निर्देशन गरेको बताउने सुव्रतले निर्माणको क्रममा कुनै सम्झौता नगरेको बताएका छन् । भिडियोलाई गम्भीर बिष्टले कोरियोग्राफ गरेका छन् भने यसलाई उत्सव दाहाल र विजय बस्नेतले खिचेका हुन् । यसमा सम्पादन , भीएफएक्स र डीआइ भरत रेग्मीको रहेको छ ।

Namaste Filmy

Read Previous

निश्चल ,कर्मा, प्रियंका र अन्जली ‘गरुड पुराण’को आइटम गीतमा (भिडियो)

Read Next

अशोक दर्जीका पूर्व प्रिन्सिपल दिपक न्यौपाने नायिका शिल्पा पोख्रेलसग रोमान्स गर्दा भेटिए(भिडियो)