चलचित्र ‘प्रसाद’ को गीतमा नेपाल आइडलका बिक्रम बरालको स्वर

मंसिर २१ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘प्रसाद’को तेस्रो गीतको लागि बिहिबार नेपाल आइडलका उत्कृष्ट ७ प्रतिस्प्रर्धी मध्येका एक बिक्रम बरालले स्वर दिएका छन् ।काठमाडौंको नक्सालमा अवस्थीत एक स्टुडियोमा सिनेमाको तेस्रो गीत रेकर्ड गरिएको हो ।

यो गीतमा ‘प्रसाद’को चर्चित गीत ‘लै लै….’का संगीतकार सुवास भुषालको शब्द तथा संगीत रहेको छ । निर्देशक दिनेश रावतका अनुसार सिनेमाको यो गीत सिनेमामा प्लेव्याक म्युजिकको रुपमा प्रयोग गरिने छ । निर्देशक रावत भन्छन् -‘हाम्रो टिमयोे गीत पहिले नै कम्पोज गरेको थियो तर प्लेब्याकमा गीत प्रयोग हुने भएकोले पनि गीत रिलिजको संघारमा रेकर्ड गरिएको उनको भनाई छ’ । योसँगै उनले भने,- ‘यो गीत दर्शकले सिधै सिनेमा घरमा मात्रै हेर्न पाउने छन् । सिनेमा रिलिज पश्चात मात्रै गीतलाई युट्युबमा रिलिज गरिने छ’ ।

‘प्रसाद’का निर्माता सुवास थापाले बिक्रम बराललाई एउटा प्रोफेसनल गायक बराबर पारिश्रमिक दिएको बताए । बिक्रम बराललाई सिनेमाको गीत रेकर्ड गर्नु अघि निर्माता थापाले उनलाई गीत गाए बाफत पाउने पारिश्रमिक समेत हस्तान्तरण गरेका थिए । निःसन्तान दम्पत्तीको कथामा निर्माण भएको सिनेमाको कथा, पटकथा तथा संवाद रंगपत्रकार सुशील पौडेलले लेखेका हुन् । भने सिनेमामा नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

अशोक दर्जीका पूर्व प्रिन्सिपल दिपक न्यौपाने नायिका शिल्पा पोख्रेलसग रोमान्स गर्दा भेटिए(भिडियो)

Read Next

आलिया र रणवीर पुगे अस्पताल , आलिया गर्भवती भएको चर्चा