सेन्सरमा २.० लाई कैँची,रिलिज अगाडि नै तोडियो 'बाहुबली २' को रेकर्ड

अक्ष्य कुमार र रजनीकान्त अभिनित फिल्म २.० रिलिजको संघारमा रहेको छ । दर्शक माझ ब्यग्र प्रतिक्षा रहेको चलचित्रको ट्रेलरले धमाका मच्चाई रहेको छ । निर्माण घोषणा देखी नै चर्चामा रहेको २.० मा अत्याधिक भिएफएक्स प्रयोग गरिएको छ । बलिउड फिल्मको ईतिहासमा २.० अहिले सम्मकै सबै भन्दा धेरै भिएफएक्स प्रयोग गरिएको फिल्म हो ।

रिलिज डेट नजिकिदै गर्दा फिल्मको बुकिङ्ग धमाकेदार रुपमा भईरहेको छ । यसै बिच प्रदर्शन मिती नजिक आउँदा फिल्मले युए सर्टिफिकेट पाएको छ । फिल्ममा केही परिवर्तन भए पछी अब सबै उमेरका दर्शकहरुले हेर्न पाउने भएका छन् । फिल्ममा रहेको केही सम्बाद मिउट तथा केही सम्बाद परिवर्तन गर्दै सेन्सर बोर्डले युए सर्टिकेट दिएको हो । यस्तै फिल्मको केही सिन ब्लर समेत गरिएको छ ।

फिल्ममा सेन्सरले ७ वटा परिवर्तन गर्न लगाएको छ । अक्ष्य कुमार पहिलो पटक नेगेटिभ रोलमा देखिएको २.० २९ नोभेम्बरबाट प्रदर्शनमा आउँदैछ । एस शंकर निर्देशित फिल्मलाई सुबाशकरणले निर्माण गरेका हुन् ।
चलचित्र २.० ले सेटेलाईट राईट्स ११० करोड रुपैयाँमा बिक्री भएको छ। यो चलचित्र हिन्दी, तमिल र तेलुँगु भाषा गरी जम्मा तीन भाषामा डबिङ्ग भएको छ । जसका कारण चलचित्रले प्रदर्शनमा आउनुभन्दा अगाडि नै २०० करोड रुपैयाँ कमाईसकेको छ।

चलचित्र २.० २ घण्टा २८ मिनेटको चलचित्र हो । भारतीय सञ्चार माध्यमका अनुसार देश भरमा पहिलो दिन २.० को ३३ हजार सम्मको शो रहेको बताएका छन्। यो रेकर्ड बाहुबली २ को भन्दा बढी हो। बाहुबली २ पहिलो दिनमा ३१ हजार शो भएको थियो।
चलचित्र २.० ले रिलिज हुनुभन्दा अगाडि नै अर्को पनि एउटा रेकर्ड बनाउन सफल भएको छ। २.० को करिब १२० करोड रुपैयाँ बराबरको अग्रिम टिकट पनि बुकिङ्ग भएको छ। यो भारतीय इतिहाँसमै सबैभन्दा बढि मुल्यको बिक्री भएको अग्रिम टिकट हो।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिजमा : ‘ड्रिम गर्ल’ प्रदर्शनमा

Read Next

अक्षय कुमार र विद्या बालनको फिल्म ‘मिशन मंगल’ विवादमा