बहुप्रतिक्षित चलचित्र 'सुश्री सम्पत्ति' को ट्रेलर रिलिज (भिडियो सहित)

मङ्सिर ७ – मङ्सिर २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सुश्री सम्पत्ति’ को ट्रेलर रिलिज भएको छ । कमेडीले भरिपूर्ण ट्रेलर आज रिलिज भएको हो । चलचित्रको ट्रेलरमा कमेडी सम्बादहरुले राम्रो स्पेस पाएको छ । चलचित्रमा अभिनेता द्वय सलोन बस्नेत र बिनोद न्यौपाने सुश्री सम्पत्तिको खोजीमा लागिपरेको देखाईएको छ ।

ट्रेलरमा अन्य कलाकारहरुको तुलनामा सलोन र बिनोदले बढी स्पेस पाएका छन् । यस्तै ट्रेलरमा अभिनेत्री सारा स्रिपाईली र राजाराम पौडेलको पनि फिचरिङ्ग रहेको छ । सुव्रत आचार्यको निर्देशन रहेको चलचित्रलाई बिज्ञान राई, नुमन सुब्बा र रोमन शिलाकारको निर्माण रहेको छ । चलचित्रमा निर्देशक सुब्रत र अबिमन्यु निरबीको संबाद रहेको छ ।चलचित्रमा प्रमोद आग्रहरी, जयनन्द लामा, सुनिता श्रेष्ठ ठाकुर आदिको पनि मुख्य अभिनय रहेको छ ।

‘हुकुम बक्सियोस’ बोलको गीतबाट निकै हाईप पाएको चलचित्रलाई यो बर्षको बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । चलचित्रमा कबिराज गहतराज र गम्भिर बिष्टको कोरियोग्राफी रहेको छ ।

Namaste Filmy

Read Previous

प्रेमिल संबादहरुले भरिपूर्ण 'समर लभ' को टिजर रिलिज (भिडियो)

Read Next

'गोल्डेन माइक' विजेता नीलिमा थापा नेपाल आइडलबाट बाहिरिइन्