चितवनमा सुविधासम्पन्न "सि म्याक्स' सिनेमा हल सञ्चालनमा । नायक शिव श्रेष्ठले गरे उद्धघाटन ।

चितवनमानै पहिलोपटक पटक सुविधासम्पन्न सि म्याक्स सिनेमा हल सञ्चालनमा आएको छ । नारायणगढको लाईन्सचोकमा  रहेको के एल महलमा एक भव्य समारोहका विच आज चलचित्रका नायक  शिव श्रेष्ठले उद्धघाटन गरे । सो उद्धघाटन कार्यक्रममा वोल्दै नायक तथा कलाकार शिव श्रेष्ठले यस्ता किसीमका हल मोफसलमा स्थापना हुदा जानु चलचित्र क्षेत्रको विस्तार हुदै जाने वताए ।
10150857_591827290913669_1694049075_n
चलचित्र हेर्ने चाहना बोकेका दर्शकहरुपनि हलको व्यावस्थापन राम्रो नहुदा दर्शकहरु घटिरहेको भन्दै यस हलले चलचित्र क्षेत्रको प्रवद्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । यस्तै चलचित्र निर्माता संघका पुर्व अध्यक्ष्ँ अशोक शर्माले डिसीएन प्रविधि नेपालमा भित्रीयसंगै चलचित्र क्षेत्रको विकाश हुदै गएको वताए । चलचित्र भवनमा नआएको परीवर्तनले दर्शकहरु घटेको भन्दै यस्ता किसीमका हल सञ्चालनमा आउनु राम्रो भएको भन्दै यसमा सवैले स्वागत गर्नुपर्ने वताए । ३ जना शियर सदस्यहरु गणेश कुमार श्रेष्ठ, दिपक महर्जन र शुशिल कुमार जोशीको संयूत्त लगानीमा निमार्ण गरीएको सिनेमा हलमा १ सय ७० जनाले एकसाथ चलचित्र हेर्न सकिने हलका मेनिजर गोविन्द रौनियारले नमस्तेफिल्मी लाई जानकारी दिए ।
DSC07563
२ हजार ६८ सालवाट नै निमार्ण कार्य प्रँरम्भ गरीएको हल २७ महिनापछि सञ्चालनमा आएको हो । आगामी वैशाक ५ गतेवाट नियमीत रुपमा सर्वसाधारणका लागी सञ्चालनमा ल्याईने र हलका लागी २ सय ५० देखी ३०० टिकट मुल्य निर्धारण गरीने उहांले जानकारी दिए । हल सञ्चालनमा आएसंगै दैनिक रुपमा ४ देखी ५ सो देखाईने उनले बताए । करिब एक करोड असि लाखको लगानी रहेको सि म्याक्स चलचित्र हलमा फुल एयर कन्डिसन सहित सुपर आरामदायक सिट रहेका छन् ।सि म्याक्स सिनेमा हलमा चितवनमा नै पहिलो पटक हिमालयनको जावाको कफी सहितको अन्य परिकार चलचित्र हेर्न आउने दर्शकले खान पाउनेछन् । दर्शकहरुको फुर्सदको समयलाई मध्यनजर गरी शुक्रवार, शनिवार र सोमवार राती आठ एघारको सो समेत प्रदशन गरीने र हरेक दिन विहानको सो का लागी पचास प्रतिशत छुटको व्यावस्था गरीने उनले बताए ।
10250810_591827117580353_572711044_n
सो अवसरमा नायीका निशा अधिकारीले पनि मोफसल वाहीर यस्ता किसीमका सिनेमा हल सञ्चालनमा आउनु चलचित्र उद्योगका लागी सकरात्मक र सुखद हुने वताए । सो अवसरमा उवासंघ चितवनका अध्यक्ष्ँ कल्याण जोशी, वरीष्ठ उपाध्यक्ष्ँ शहनलाल प्रधान लगाएतले वोलेका थिए । कार्यक्रम गणेश कुमार श्रेष्ठको अध्यक्ष्ँतामा सम्पन्न भएको हो ।
DSC07566

Namaste Filmy

Read Previous

निरन्तर १२ घण्टा नाचे ऋतिक रोशन ।

Read Next

गोप्य प्रेमको पर्दाफस । अनुष्का संग बिराटको स्वयंवर ।