चलचित्र ‘घनचक्कर’मा कश्मिराको ‘दाईको सालो' सलोन बस्नेत कि नरेन खड्का (भिडियो)

चलचित्र ‘घनचक्कर’को दोस्रो गीत सार्वजनिक गरिएको छ ।‘दाईको सालो’बोलको सार्वजनिक गीतमा विपिन आचार्यको शब्द तथा संगीत रहेको छ भने राजेश पायल राई र मान्डवी त्रिपाठीको स्वर रहेको छ । गीतमासलोन बस्नेत र नरेन खड्का सगै नव-अभिनेत्री कश्मिरा लामालाई प्रस्तुत गरिएको छ ।

जितेन्द्र राजोपाध्यायको निर्देशन रहेको पुष १३ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘घनचक्कर’ मा सौगात मल्ल , सलोन बस्नेत , सरोज खनाल , जेबी डिसी, आशान्त शर्मा, ममता प्रधान, शिशिर भण्डारी, दामोदर पौडेल, जनक घर्तिमगर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘घनचक्कर’ लाई सुशन प्रजापतिले खिचेका हुन् । अष्ट महर्जनको द्वन्द्व, प्रदीप श्रेष्ठ र सिमोन राजबंशीको कोरियोग्राफी, मित्र गुरुङको सम्पादन रहेको फिल्मको कथा अर्जुन सिंहले तयार पारेका हुन् । कागी लिम्बुको स्क्रिनप्ले र डाइलग रहेको छ ।

Namaste Filmy

Read Previous

पलको दिल जलाउने एलिशा (भिडियो)

Read Next

नायक प्रदिप खड्काको सुपरहिट चलचित्र ‘प्रेम गीत २’ युट्युबमा सार्वजनिक (भिडियो सहित)