
बर्ष २०७४ को सुपरहिट चलचित्र ‘प्रेम गीत २’ युट्युबमा सार्वजनिक भएको छ । हलमा रिलिज भएको १६ महिना पछी आज चलचित्र युट्युबमा सार्वजनिक भएको हो ।
सन्तोष सेन निर्मित चलचित्रले हलमा दर्शकहरुको अपार माया पाएको थियो । ‘प्रेम गीत २’ ले बक्स अफिसमा निकै राम्रो छाप छोड्न सफल भएको थियो ।
चलचित्रलाई वर्ड अफ माउथ पनि निकै राम्रो मिलेको थियो । आज युट्युबमा सार्वजनिक भएको चलचित्रलाई दर्शकहरुले निकै राम्रो प्रतिकृया दिईरहेका छन् ।
रामशरण पाठक निर्देशित चलचित्रमा अहिलेका सुपरस्टार नायक प्रदिप खड्काको मुख्य अभिनय रहेको थियो । यस्तै अभिनेत्री अश्लेषा ठकुरीले ‘प्रेम गीत’ २ बाट नै नेपाली चलचित्रमा डेब्यु गरेकी थिईन् ।
यस्तै चलचित्रमा कैलाश कटुवाल,कबिता रेग्मी, शिशिर भण्डारी, सन्तोष सेन, श्रद्दा प्रसाई आदिको पनि अभिनय रहेको छ । आशुसेन फिल्म्सको ब्यानरमा बनेको चलचित्रका गीत संगीत पनि हिट रहेका छन् ।

