चलचित्र ‘रणबीर’ को फस्ट लुक्स यस्तो देखिए शुशिल सिटौल

१८ माघ बाट प्रदर्शनमा आउने चलचित्र ‘रणबीर’ निर्माण अन्तिम चरणमा पुगेको छ । चलचित्रकोनिर्माण पक्षले फस्ट लुक्स रिलिज गरेको छ । अभिनेता शुशिल सिटौलको चरित्रलाई केन्द्रित गरेर फिल्मको फस्ट लुक्सको रुपमा नेपाली र अँग्रेजी टाईटलमा उनको एकल फोटो युक्त २ पोष्टर सोमबार सार्वजनिक गरिएको हो ।

अभिनेता शुशिलले यो फिल्मको लागि ७० केजीबाट आफ्नो तौल १५ किलो बढाएर ८५ केजी तुल्याएका थिए । करिब नौ महिना नियमित जिम गरेर आफुले तौलसँगै शारीरिक सुगठन समेत यही फिल्मको लागि बनाएको पनि शुशिलले बताए ।
चलचित्रलाई दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन् । निर्माता रेग्मीका अनुसार फस्ट लुक्सकै शुशिलको ‘क्यारेक्टर पोष्टर’ सार्वजनिक गरिएको हो । यो चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । चलचित्र एक्सन प्रधान कथाबस्तुमा आधारित रहेको निर्देशक सिंहले बताएका छन् ।

शुशिल सिटौलासँगै यो फिल्ममा, प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीक पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रबी गिरी, जगदिश रिजालसहितको अभिनय छ ।

चलचित्र रणबीर करिब दुई करोडको लगानीमा निर्माण भएको यसका निर्माता दीपेन्द्रले जानकारी गराए । चलचित्रको दुई ओटा गीतबाहेक बाँकी सबै छायाँकन सम्पन्न भएको छ । बाँकी रहेको दुई गीत १५ मँसिरबाट छायाँकन गरिने पनि उनले बताए ।

Namaste Filmy

Read Previous

शाहरुख खानलाई कलिङ्ग सेनाले कालोमोसो दल्ने धम्की

Read Next

बलिउडमा ठूलो तरंग ल्याएको ‘मी टू’ अभियान विस्तारै सेलाउँदै