‘प्रेम गीत २’ युट्युबमा पनि सुपरहिट ,ट्रेन्डिङको नम्बर वानमा

बर्ष २०७४ को सुपरहिट चलचित्र ‘प्रेम गीत २’ युट्युबको ट्रेन्डिङ वानमा परेको छ । युट्युबमा रिलिज भए देखी नै ट्रेन्डिङमा रहेको ‘प्रेम गीत २’ अहिले ट्रेन्डिङ नम्बर वान मा रहेको छ ।

प्रदर्शनताका हलमा दर्शकको अपार माया पाएको चलचित्रले युट्युबमा पनि दर्शकहरुको अपार माया पाईरहेको छ । चलचित्र नेपालमा मात्र नभई भारत, कतार, साउदी अरेबिया,कुबेत आदी देशमा पनि ट्रेन्डिङमा परेको थियो । चलचित्रलाई युट्युबमा सकारात्मक प्रतिकृयाको आईरो लागेको छ । युट्युबमा सबैले चलचित्रलाई मन पराउदै राम्रो प्रतिकृया दिएका छन् ।

रिलिज भएको ४८ घण्टा पनि नपुग्दै चलचित्रले अहिले सम्म २१ लाख ५५ हजार भन्दा धेरै भ्युज प्राप्त गरिसकेको छ । युट्युबमा चलचित्रलाई सकारात्मक प्रतिकृया दिदै दर्शकहरुले ‘प्रेम गीत ३’ को माग गरेका छन् । रामशरण पाठक निर्देशित चलचित्रमा अहिलेका सुपरस्टार नायक प्रदिप खड्काको मुख्य अभिनय रहेको छ । यस्तै अभिनेत्री अश्लेषा ठकुरीले ‘प्रेम गीत’ २ बाट नै नेपाली चलचित्रमा डेब्यु गरेकी थिईन् ।
यस्तै चलचित्रमा कैलाश कटुवाल,कबिता रेग्मी, शिशिर भण्डारी, सन्तोष सेन, श्रद्दा प्रसाई आदिको पनि अभिनय रहेको छ ।चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । आशुसेन फिल्म्सको ब्यानरमा बनेको चलचित्रका गीत संगीत पनि हिट रहेका छन् ।

Namaste Filmy

Read Previous

इटालियन डायरेक्टर बर्नार्डो बर्टोलूसीको निधन

Read Next

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमा नायिका थापाको सहयोग