अष्ट्रेलियामा पनि ‘प्रसाद’

मङ्सिर ११ – यस बर्षको बहुप्रतिक्षित चलचित्र ‘प्रसाद’ मङ्सिर २१ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउने तयारीमा रहेको छ । चलचित्र ‘प्रसाद’ को नेपाल प्रदर्शन पश्चात २ दिन अष्ट्रेलियामा बिशेष शो हुँदैछ । नेपालमा प्रदर्शन भएको दुई दिन पछी चलचित्रको अष्ट्रेलियामा बिशेष शो हुनेछ । कडेल कन्सल्टेन्सीको प्रस्तुतीमा चलचित्र डिसेम्बर ९ र १० तारिखको दिन अष्ट्रेलियाको मेल्बर्नमा रहेको चिना टाउन सिनेमामा प्रदर्शन हुनेछ ।

डिसेम्बर ९ तारिखको दिन स्थानिय समय अनुसार साँझको ७:४५ बजे र १० तारिखको दिन साँझ ७:०० बजे प्रदर्शन हुनेछ । चलचित्रका लागि अनलाईन टिकट बुकिङ सुरु गरिएको छ । चलचित्रमा नम्रता श्रेष्ठ, बिपिन कार्की, निश्चल बस्नेत आदिको मुख्य अभिनय रहेको छ ।

लै लै’ बोलको गीतबाट चर्चामा रहेको चलचित्रमा सन्तान नहुँदा श्रीमान् श्रीमती बिच हुने मानसिक असमझदारी र सम्बन्धमा आउने मानसिक द्द्वन्दको कथा रहेको छ । दिनेश राउत निर्देशित ‘प्रसाद’ लाई सुशिल पौडेलले लेखेका हुन् । चलचित्रलाई सुबाश थापाले निर्माण गरेका हुन् ।

Namaste Filmy

Read Previous

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमा नायिका थापाको सहयोग

Read Next

बिना प्रचार शुक्रबार रिलिज हुदै चलचित्र ‘शान्ति’