
[dropcap]भा[/dropcap]रतीय क्रिकेट स्टार बिराट कोहलीले आफनो संभावित पत्नीको रुपमा बलिउड सुन्दरी अनुष्का शर्मालाई नै छानेका छन । आइपीएल को डिनर पार्टीमा आयोजित स्वयंबरमा बिराटले अनुष्का नै आफ्नो पत्नी बन्नेमा बिश्वस्त देखिए । यसअघि अनुष्का र बिराटको सम्बन्धको बारेमा विभिन्न चर्चाहरु चलेपनि यी दुवै चुपचाप रहेका थिए । अब भने बिराट चुप बस्नेवाला नरहेको उनको उक्त ब्यवहारले स्पष्ट हुन्छ ।
वास्तवमा उनीहरुको यस्तो गोप्य सम्बन्धको पर्दाफास हुने काम बलिउड बादशाह शाहरुख खानले गरेका हुन । उनले आइपीएल को डिनर पार्टीमा कयौ सुन्दरीहरुको तस्वीर देखाउदै बिराटलाई छान्नको लागी आग्रह गरेका थिए । बिराटले बिना हिच्किचाहट अनुष्कालाई छाने । त्यसपछि शाहरुखले उनलाई अनुष्काको पोस्टर दिए र बिराटले पोस्टरलाई मालाझै घांटीमा लगाए ।
यसबाट स्पष्ट भएको छ कि अब बिराट र अनुष्का विवाह बन्धनमा बाधिन धेरै समय बांकि छैन । तर उनीहरुले आफनो सम्बन्धका बिषयमा सार्वजनिक रुपमा कतैपनि बोेलेका छैनन । यद्यपि यी दुई स्टार लामो समयदेखि एक अर्कासंग रोमान्स गर्दै आइरहेका छन

