क्रिकेट खेल्दैछन दोहोरी गायक पशुपति शर्मा ।

मोडेल खेले मोडेलमा फिट भइन,
दोहोरी मात्रै गाएर हिट भइन ,
म पनि अब क्रिकेट खेल्न जान्छु ….
नाम पनि हुनेभो, दाम पनि हुनेभो, च्याप्प लौरो समात्छु चौका छक्का हान्छु
गायक पशुपति शर्माको नयां गीत हो यो । उत्पट्याङ गीत गाउन माहिर शर्माले नेपालमा क्रिकेटको लहर आएको बेला यस्तो गीत रेकर्ड गराएका छन । मलाई अमेरिका यहि गीतले छुट्टै चर्चा कमाएपछि शर्माले यस गीतबाट यस्तै आशा गरेका छन । शर्माले भने झट्ट सुन्दा ठटयौली जस्तो लाग्छ तर धेरै सन्देशमुलक बनेको छ गीत । गीतमा शर्माले क्रिकेट खेल्न नजान्ने तर रहर चाहि गर्ने युवाको प्रतिनिध्त्वि गरेका छन ।
उनलाई गीतमै सम्झाएका छन अर्का गायक रमेशराज भट्टराइले ।
शर्मा र भट्टराई दोहोरीका पुराना दौतरी हुन । लोक तथा आधुनिक गीतका गायक तथा संगीतकार भट्टराईले यो गीतबाट छुट्टै आशा गरेको बताए ।
मालाश्री स्टुडियोमा रेकर्ड गराएको गीतको बजार प्रवद्र्धन आशिष म्युजिकले गर्नेछ । त्यस्तै पछिल्लो समय म्युजिक भिडियो मा पनि ब्यस्त हास्यकलाकार सिताराम कट्टृल धुर्मुसले गीतको म्युजिक भिडियो निर्देशन गर्ने भएका छन ।

नेपाली कला डटकमबाट ।

Namaste Filmy

Read Previous

गोप्य प्रेमको पर्दाफस । अनुष्का संग बिराटको स्वयंवर ।

Read Next

रिलिज भन्दा दश दिनपहिले प्रिमियर गरिदै 'वल्ड कप इन नेपाल' ।