चलचित्र 'छक्का पञ्जा ३' देशका १३ वटा हलमा ५१ औँ दिनमा


नेपाली चलचित्र ईतिहासको सबै भन्दा बढी कलेक्सन गर्दै विभिन्न रेकर्ड राख्न सफल चलचित्र ‘छक्का पञ्जा ३’ ले पनि सफलता पुर्वक प्रदर्शनको ५१ औँ दिन पार गरेको छ ।

असोज २४ घटस्थापनाको दिन देखि प्रदर्शनमा आएको फिल्मले उपत्यका र मोफसलमा १३ वटा हलमा लगातार प्रदर्शन हुदै ५१ औँ दिन पार गरेको हो । अघिल्लो सिरिजहरु छक्का पञ्जाले १०१ दिन र छक्का पञ्जा २ ले ५१ औँ दिन पार गरेका थिए ।

यसको तिनै सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गरेकी छिन । फिल्मले उपत्यकामा मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्सको सिभिल मल सुन्धारा , बिग मुभिज कमलपोखरी , एफ क्युब सिनेमा चुच्चेपाटी चाबहिल , बिजी मल बिएसआर गोंगबु तथा सिङ्गल थिएटर अन्तर्गत अष्टनारायण पिक्चर्स प्रालि बाइपास बालाजु , गुण सिनेमा ग्वार्को , गङ्गा सिनेमा बालाजु , गोपी कृष्ण मुभिज चाबहिल र बाराही मुभिज भक्तपुरमा ५१ औँ दिन पार गरेको हो ।

यसैगरि मोफसल अन्तर्गत कालिका सिनेमा बुटवल , क्युएफएक्सकै जालमा नारायणगढ र बागेश्वरी नेपालगंज तथा विन्दवासिनी सिनेमा पोखरामा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो । कन्टेन विथ कमेडी भनिएको छक्का पञ्जाको तेस्रो सिरिजलाई दर्शकसँगै समिक्षकले पनि रुचाएका थिए ।

अघिल्ला सिरिजको तुलनामा यसलाई सबैले प्रसंसा गरेका छन् । फिल्ममा दीपकसँगै जितु नेपाल , केदार घिमिरे , दीपिका प्रसाई , शिवहरी पौडेल , शिशिर बांग्देल , नीर शाह , किरण केसी , जयनन्द लामा लगायतको अभिनय रहेको छ । यसमा कार्यकारी निर्माताको रुपमा जितु नेपाल र केदार घिमिरे रहेकाछन् । अघिल्लो सेरिज झैँ यसमा पनि सुमन गिरी ‘भान्जा’ र तारा चन्द्र बजगाई ‘निशान’ निर्माताको रुपमा रहेका छन् ।

निर्देशक दीपाश्री निरौलाले सफलतामा धेरै सहयोगी हात हुनुहुन्छ भन्दै मेरो टिमले मलाइ सहयोग गरेको छ नै साथै मिडियाकर्मी र दर्शकको पनि उत्तिकै आभारी छु । हामीले यसमा कमेडी विथ कन्टेन भनेर अगाडी बढेका थियौ , जसलाई दर्शकले झनै मन पराउनु भयो । यसले हामीलाई झनै उत्साह बढेको छ । आगामी दिनको हाम्रो मार्गदर्शन दर्शक बनिदिनु भएको छ । फेरी पनि ५१ औँ दिनको अवसरमा सम्पूर्ण दर्शक , मिडियाकर्मी तथा हल संचालकलाई धन्यवाद दिन चाहन्छु ।

कलाकार तथा निर्माता दीपकराज गिरीले म लगायत हाम्रो टिम निकै खुसि छौ किनकी फिल्मले हामीलाई मात्र होइन हाम्रो प्रदर्शक र वितरकलाई पनि खुसि बनाएको छ । हामीले विदेशमा फिल्म प्रदर्शन अधिकार दिएकालाई पनि यसले खुसि बनाएको छ नै प्राय फिल्म नचल्ने हलमा पनि यसले दर्शकको माया पाएको छ । हामी कृतज्ञ छौ , सम्पूर्ण दर्शक प्रति जसले हामीलाई यति धेरै विस्वास गर्नु हुन्छ अनि मिडियाकर्मी प्रति जसले हामीलाई दर्शकसम्म पुर्याउनु हुन्छ ।

आमा सरस्वती मुभिजको प्रस्तुति रहेको फिल्मको निर्माणमा आइएमईले पनि सहकार्य गरेको छ । फिल्ममा कथा दीपकराज गिरीको रहेको छ भने संवादमा दीपकसँगै केदार घिमिरे , जितु नेपाल , यमन श्रेष्ठ रहेका छन् । फिल्ममा दीपक शर्मा र अर्जुन पोखरेलको संगीत रहेको छ । फिल्ममा रोशन श्रेष्ठको द्वन्द , कविराज गहतराज र प्रविन सिंहको नृत्य निर्देशन , पुरुषोत्तम प्रधानको छायाँकन , सुनयमान श्रेष्ठको मिक्सीङ्ग , सुजिल कर्माचार्यको पार्श्वसंगीत रहनेछ ।

Namaste Filmy

Read Previous

चर्चित हाँस्य कलाकार जोडी धुर्मुस र सुन्तली ‘नेपाल आइडल’मा

Read Next

गायक बिन्तिकुमार गुरुङको 'बाटै बाटो' गीतको भिडियो सार्वजनिक