गायक बिन्तिकुमार गुरुङको 'बाटै बाटो' गीतको भिडियो सार्वजनिक

गायक बिन्तिकुमार गुरुङको स्वर रहेको नयाँ गीत रिलिज भएको छ। बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको ‘बाटैबाटो’ बोलको गीतमा गायक बिन्तिकुमारकै शब्दमा सुन्न सकिन्छ। गीतमा लय स्रोत बुद्धि बहादुर गुरुङको रहेको छ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा मिलन शंकर र काजोल कर्ण फिचरिङ छन्। राजीव समरको नृत्य निर्देशन रहेको भिडियोमा मिलन काजोलको पछि परेको देख्न सकिन्छ।

‘जश्मिन क्रियशन’को प्रस्तुतिमा तयार भएको भिडियोमा अर्जुन तिवारीले क्यामेरा चलाएका छन् भने ड्रोन उडाउने जिम्मा सुरेश काफ्लेले पाएका छन्। भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।

Namaste Filmy

Read Previous

चलचित्र 'छक्का पञ्जा ३' देशका १३ वटा हलमा ५१ औँ दिनमा

Read Next

बलिउडकी अभिनेत्री राखी सावन्त विवाह गर्दै