बलिउडकी अभिनेत्री राखी सावन्त विवाह गर्दै

बलिउडकी अभिनेत्री राखी सावन्तले विवाह गर्ने भएकी छन् । विवाहित सेलिब्रिटीको सूचीमा अब राखी सावन्तको नाम पनि पर्ने भएको छ । उनले दिपक कलालसँग विवाह गर्ने बताइएको छ । ‘कन्ट्रोभर्सी क्विन’ को नामले परिचित राखीले आफ्नो विवाहको निम्तो कार्ड बुधबार सोसल मिडियामा सार्वजनिक गरेकी छिन् ।

यी दुईले नयाँ वर्षको पूर्व सन्ध्या अर्थात् डिसेम्बर ३१ तारिखमा लस एन्जलसमा विवाह गर्ने बताइएको छ । उनको विवाह कार्डमा लेखिएको छ, ‘प्रेम गर्ने दुई मुटु एक हुँदैछ र सधैंका लागि प्रेममा रहिरहन बचनबद्ध छ ।

राखीले कार्ड सेयर गर्दै क्याप्सनमा बेहुला बेहुलीको इमोटिकन प्रयोग गरेकी छिन् । उक्त पोष्टमा राखीलाई धेरैले बधाई र आशिर्वाद दिएका छन् । दिपकले पनि आफ्नो इन्स्टाग्राम अकाउन्टमा उक्त कार्ड पोस्ट गरेका छन् ।

Namaste Filmy

Read Previous

गायक बिन्तिकुमार गुरुङको 'बाटै बाटो' गीतको भिडियो सार्वजनिक

Read Next

नेपाल आइडल यूट्यूवमा विश्वमै सबैभन्दा धेरै खोजी गरिनेमा दोश्रो