शाहरुखको फिल्म जिरोको सेटमा आगलागी

क्रिसमसका अवसरमा रिलिज हुने शाहरुख खानको फिल्म जिरोको सेटमा आगलागी भएको छ । समाचार एजेन्सी पीटीआईका अुसार प्रहरीले बिहीबार बेलुका आगलागी भएको जनाएको छ ।

आगलागी हुँदा त्यहाँ शाहरुख खान पनि रहेको जनाइएको छ । उनलाई सकुशल उद्धार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।प्रहरी अधिकारी विनय राठौडले आगलागीमा कुनै मानविय क्षति नभएको जानकारी दिएका छन् ।
आगलागीको कारण भने खुल्न नसेको जनाइएको छ । आगो बिजुलीका तार, विद्युतीय उपकरण, लाइट, शूटिंग सामान र डोरी तथा पर्दा समित रहेको बताइएको छ । प्रहरी अधिकारी राठौडले स्टूडियोबाट धुवाँ निस्केको देखिएको बताए ।४ वटा फायर ब्रिगेडलाई घटनास्थलमा पठाइएको थियो ।
यो फिल्ममा शाहरुखले पुड्काको भूमिका गरेका छन् । यो फिल्म २१ डिसेम्बरमा रिलिज हुने जनाइएको छ । शाहरुखका साथै फिल्ममा अनुष्का शर्मा र क्याटरीना क्याफ पनि छन् । जिरो निकै चर्चामा छ । यसको ट्रेलरलाई पनि खुब मन पराइएको छ ।

Namaste Filmy

Read Previous

नेपाल आइडल यूट्यूवमा विश्वमै सबैभन्दा धेरै खोजी गरिनेमा दोश्रो

Read Next

चलचित्र ‘दि ब्रेकअप’को ‘हरपल ’गीतमा आशिरमान र शिल्पाको 'लिपलक' सिन(भिडियो)