रिलिज भन्दा दश दिनपहिले प्रिमियर गरिदै 'वल्ड कप इन नेपाल' ।

[dropcap][/dropcap]गामी १९ गतेबाट अलनेपाल रिलिजको तयारीमा रहेको फिल् ‘वल्डकप इन नेपाल’ टीमले बिहीबार राजधानीमा एक पत्रकार भेटघाटको आयोजना गरेको छ । उक्त भेटघाट समारोहमा फिल्मको बारेमा बिस्तृत जानकारी दिइएको थियो ।world cup in nepalकिशोरहरुको फुटबल प्रेम र उनीहरुको बिश्वकप सपनालाई प्रस्तुत गरिएको फिल्ममा फरक कथा र प्रस्तुति रहेकोले दर्शकलाई मनपर्ने फिल्मका कलाकार गोपाल अर्यालले बताए ।  फिल्ममा कलाकार अर्याल सहित उमेश थापा, प्रबिन तामाङ, एलेन न्यौपाने, सुजन तामाङ, विपिन सापकोटा, आदित्य चौधरी, गिरीप्रसाद पुन, शर्मिला शर्मा, सोनु केसी, संगम राईको भूमिका छ ।
फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन् भने निर्माण प्रकाश थापा र राम तामाङको छ । जुगल डंगोलको संगीत रहेको फिल्ममा मनिष पन्थको छयांकन रहेको छ । प्रदर्शन हुनुभन्दा १० दिन पहिले नै अर्थात यहि ९ गते फिल्मको प्रिमियर हुनेछ । दर्शना आर्टसले गर्न लागेको उक्त प्रिमियरमा राष्ट्रिय फुटबल खेलाडी एवं सम्बद्ध संघ संस्थाका पदाधिकारीहरु सहित सञ्चारकर्मी र केहि फिल्मकर्मी सहभागी हुनेछन् ।

Namaste Filmy

Read Previous

क्रिकेट खेल्दैछन दोहोरी गायक पशुपति शर्मा ।

Read Next

चलचित्र कलाकार संघले गरो रक्तदान कार्यक्रम