मोडल दुर्गेश थापाले नायिका शिल्पा पोखरेलको सुन्दरताको बयान गर्दै (भिडियो)

गायक कर्णराज गिरिको नया गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।‘त्यही केटीले’ बोलको सार्वजनिक गीतको शब्द जीवन बिसीले लेखेका हुन् भने संगीत गायक कर्णराज गिरिको नै रहेको छ ।

‘ह्याङ बनायौ’, ‘भाइरल भयो रे’, ‘फर्क परदेशी’, ‘देश रोइरहेको छ’, मेरी आमा’ जस्ता गीत गायर चर्चामा आएका कर्णराज गिरिले ‘त्यही केटीले’ बोलको गीत बजारमा ल्याएका हुन् । गीतले दर्शक स्रोताको मन जित्ने उनले विश्वास लिएका छन् ।

सार्वजनिक गीतको म्युजिक भिडियोमा मोडल शिल्पा पोखरेल र दुर्गेश थापाको दमदार अभिनय रहेको छ । ‘तिम्रो आँखा गाजलु तिम्रो हेराई लजालु’ भन्दै दुर्गेशले सिल्पाको सुन्दरताको बयान गरेका छन् ।

क्रान्ती केसीले भिडियोको निर्देशन तथा सम्पादन गरेका हुन् भने भिडियो काठमाण्डौ भित्रैको भुगोलाई केन्द्रमा राखेर निर्माण गरिएको छ । गीतको छायांकन कारण चैसिरले गरेका हुन् ।

Namaste Filmy

Read Previous

प्रियंका र निकको विवाहमा निककी पूर्वप्रेमिकालाई पनि निम्तो

Read Next

‘पिरिम नलाउने’ गीतलाई युट्युबमा १ करोड प्लस भ्युज (भिडियो)