‘पिरिम नलाउने’ गीतलाई युट्युबमा १ करोड प्लस भ्युज (भिडियो)

म्युजिकली तथा टिकटक जस्ता एप्लिकेसनमा अत्याधिक प्रयोग भएको ‘पिरिम नलाउने’ बोलको गीतले युट्युबमा १ करोड प्लस भ्युज पाएको छ । युट्युबमा सार्वजनिक भएको करिब २ महिना पुग्नै लाग्दा गीत करोड क्लबमा प्रवेश गर्न सफल भएको हो । गीत करोड क्लबमा प्रवेश गर्दा ५५ हजार भन्दा धेरै लाइक्स र 3 हजार ८ सय डिस्लाइक्स प्राप्त गरेको छ । गीतमा १ हजार ९ सय भन्दा धेरैले कमेन्ट गरेका छन् । गीतमा धेरैले सकारात्मक कमेन्ट गरेका छन् ।

‘आरोही’ एल्बममा समावेश गीतमा अहिलेकी चर्चित तथा करोड क्लबमा सर्वाधिक गीत पार्न सफल गायिका मेलिना राई र आशिश गौतम (सचिन) को आवाज रहेको छ ।गीतको शब्द दिपक शर्माले लेखेका हुन् भने संगीत पनि दिपक शर्मा कै रहेको छ । गीतमा नरेन्द्र बियोगीले संगीत संयोजन गरेका छन् ।

गीतको म्युजिक भिडियोमा चर्चित अभिनेत्री बर्षा राउत र आशिश सचिनको अभिनय रहेको छ । गीतको भिडियो उत्सव दाहालले खिछेका हुन् । गम्भिर बिष्टको कोरियोग्राफी रहेको गीतलाई नबिन निरौलाले सम्पादन गरेका हुन् । गीतको भिडियोमा सत्यराज आचार्यको निर्देशन रहेको छ ।

Namaste Filmy

Read Previous

मोडल दुर्गेश थापाले नायिका शिल्पा पोखरेलको सुन्दरताको बयान गर्दै (भिडियो)

Read Next

भिमफेदी गाइज विद्यार्थी र नेपाल आइडलकी रिमा मन्टेश्वरीमा पढाउने मिस !(भिडियो)