रजनीकान्तले किन विज्ञापनमा अभिनय गरेनन् ?

साउथ इंडियन सुपर स्टार ज्याकी चैनपछिका दोस्रो महंगो एशियाली एक्टर हुन् । उनको २.० फिल्म बक्स अफिसमा एकै दिन एक करोड कमाउन सफल भएको छ ।शुक्रबार रीलिज भएको उनको सो फिल्म जबरजस्त हिट हुने दिशामा अगाडी बढेको छ । किनकी यसको माउथ पब्लिसिटी पनि राम्रो भएकाले आगामी दिनमा अँझ दर्शकलाई हलसम्म तान्ने विश्वास गरिएको छ ।

सुपरस्टार भइसकेपछि उनलाई कुनै पनि कम्पनीले विज्ञापनमा लिन नचाहने कुरै भएन । तर, १९७५ बाट दक्षिण भारतीय फिल्मबाट करिअर शुरु गरेको रजनीकान्तले आजका मितिसम्म कुनै पनि विज्ञापनमा काम गरेका छैनन् ।

यसको कारण उनले आफै दिएका छन् । उनले आफ्नो स्तर धेरैमाथि भएको भन्दै कुनै पनि वस्तुको विज्ञापन आफूले गर्नु उचित नभएको बताएका छन् । उनले साउथमा आफूलाई भगवान जस्तै मानिने र कुनै पनि भगवानले के उपयोग गर्ने भनेर नसिकाउने भएकाले विज्ञापनमा काम नगरेको उनले बताएका छन् ।

एक सयममा एउटा कम्पनी २ करोडको अफर लिएर उनीसँग विज्ञापनका लागि काम लिएर गएको तर, रजनीकान्तले त्यो कम्पनीको प्रतिनिधिसँग भेट पनि नगरेको बताइन्छ ।

हुन पनि कुनै पनि कम्पनीले उत्पादन गर्ने वस्तुहरुको गुणस्तरमा विज्ञापन गर्ने सेलिब्रेटीको कुनै भूमिका हुँदैन । तर, सामान्य उपभोक्ता आफ्ना मन पर्ने सेलिब्रेटीले विज्ञापनमा देखाउने अभिनयका कारण झुक्किन्छन् । रजनीकान्तले यसरी आफूले उपभोक्तालाई झुक्याउन नसक्ने बताएका छन् ।

गएका १० वर्षमा रजनीकान्तको फि पनि दुई गुणा बढेको बताइएको छ । उनले फिल्म २.० का लागि ५५ देखि ६५ करोड रुपैयाँ लिएको बताइएको छ । जबकी उनले २००७ मा आएको शिवाजी द बोसका लागि २६ करोड रुपैयाँ लिएका थिए ।

Namaste Filmy

Read Previous

चलचित्र ‘डोली’ को स्याड सङ सार्वजनिक (भिडियो)

Read Next

बलिउड अभिनेता सलमान खानका दस प्रेमीकाहरु