
बलिउडकी जंगली बिल्ली प्रियंका चोपडा र हलिउड सिंगर निक जोनासबीच भारतको राजस्थानस्थित उम्मेद प्यालेसमा बिहे समारोह चलिरहेको छ । शनिबार ईसाई रितिरिवाजअनुसार बिहे गरेको यो जोडीले आइतबार हिन्दु परम्पराअनुसार बिहे गर्यो ।
यहीबीचमा उम्मेद प्यालेसमा बिहेको निकै मजा लिइरहेका छन्, निक र प्रियंकाले । साथै बिहेका निम्तालुले पनि । बिहेको अवसरमा प्रियंका र निक पनि मज्जाले नाचेको तस्वीरहरु सार्वजनिक भएका छन् ।
यतिमात्र होइन प्रियंकाकी आमा मधुले पनि नाचेका तस्वीरहरु सार्वजनिक भएका छन् । संगीत सेरोमनीमा निकका परिवार र प्रियंकाका परिवारबीच डान्स कम्पिटिशन नै चल्यो । हेरौ केही तस्वीरहरु ।

