क्यान्सरको उपचार चलिरहदा सोनाली बेन्द्रे भारत फर्किंदै

अमेरिकामा क्यान्सरको उपचार गराइरहेकी बलिउड अभिनेत्री सोनाली बेन्द्रे भारत फर्किंदैछन् । सोनाली जुलाइ २०१८ देखि अमेरिकाको न्यूयोर्कमा छिन् । त्यहाँ बसेर उनले हाइ ग्रेड मेटास्टेटिक क्यान्सरको उपचार गराइरहेकी छिन् । अहिले सोनाली क्यान्सर पूरै ठिक भएर भारत आउन लागेकी भने होइनन् । उनी उपचारको बीचमा केही समय लिएर भारत आउन लागेकी हुन् ।

उनले आफू भारत आउन लागेको कुरा इन्स्टाग्राममा एक पोस्ट गर्दै पुष्टि गरेकी छिन् । उनले पोस्टमा आफू भारत आउन लाग्दा निकै खुसी भएको प्रतिक्रिया दिएकी छिन् । उनले आफूले उपचारको क्रममा केही समयको लागि विश्राम पाएको र आफू यो पलको प्रतिक्षा गरिरहेको बताएकी छिन् ।

सोनालीले पोस्टमा ‘इन्टरभल’ शब्दको प्रयोग गरेकी छिन् जसले उनको उपचार पूरा नभएको तर केही समय पाएकोले त्यो समय उपयोग गर्न घर आउन लागेको संकेत गरेको छ ।

Namaste Filmy

Read Previous

प्रियंका र जोनास आफ्नै बिहेमा मस्त सग नाचे

Read Next

पल शाह र अाँचल शर्माको ‘जब जब तिम्रो साथ’गीत करोड क्लबमा (भिडियो)