
पल शाह र अाँचल शर्माको मुख्य अभिनय रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’ मा समावेश ‘जब जब तिम्रो साथ’ बोलको गीत करोड क्लबमा प्रवेश गरेको छ । अन्जु पन्त र सुरेश लामाको समधुर आवाजमा रहेको रोमान्टिक गीत आज करोड क्लबमा प्रवेश गरेको हो ।
गीतलाई १ करोड भन्दा धेरै पटक हेरिएको गीतले ४७ हजार भन्दा धेरै लाइक्स प्राप्त गरेको छ भने करिब ३ हजार १ सय डिस्लाइक्स पाएको छ ।तेस्तै गीतमा ४६ सय ४७ कम्नेट पनि आएको छ ।
अन्जु पन्त र सुरेश लामाको आवाज रहेको गीतमा चर्चित संगीतकार अर्जुन पोख्रेलको शब्द संगीत रहेको छ । गीतमा उदयराज पौडेलको संयोजन रहेको छ । गीतको भिडियोमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ । चलचित्र एन्ड्रिउ पौडेलको निर्माण तथा नितिन चन्दको निर्देशनमा बनेको थियो ।
रुपेश थापा, रामशरण उप्रेतीको छायाँकन, पारस विक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको डाइलग, स्टोरी र स्क्रिप्ट छ । अजय मल्ल ठकुरी कार्यकारी निर्माता रहेको यो फिल्ममा सन्जु शाह सह-निर्माताको रुपमा रहेका छन् ।

