अलिशा शर्माको ‘नशालु’ हेराईले सुनिल क्षेत्रीलाई ‘लट्ठै बनायो‘’ (भिडियो)

डा. डी आर उपध्यायको शब्द तथा सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीत रहेको निकै राम्रो गीत ‘लट्ठै बनायो‘’ सार्वजनिक भएको छ । सुनिल क्षेत्रीको निर्देशनमा रहेको गीतको भिडियोमा सुनिल आफैँ र अलिशा शर्मा फिचरिङ छन् । बुद्ध थापाको छायाँकन रहेको गीतको भिडियोमा विकाश ज्ञवालीको सम्पादन रहेको छ ।

डीआरको ‘नशालु’ एल्बमा रहेको यो गीत अनुसारको भिडियो पनि निर्माण भएको छ । भिडियो निकै तामझामका साथ निर्माण भएको छ ।
साहित्यकार तथा गीतकार डी.आर. उपाध्यायले केही समय अघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका थिए । राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम बिमोचन गरिएको थियो ।

उनका एक उपन्यास ‘दगाबाज’सहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन गरिएको थियो ।साहित्यकार डीआरका बिटुली, स्वार्थी, त्यागी, अपवित्र छायाँ, वज्रघात, भाग्यचक्र र अतिरिक्त जस्ता उपन्यास यसअघि नै पाठकमाझ आइसकेका छन् ।

Namaste Filmy

Read Previous

रणवीर सिंहको चलचित्र 'सिंबा'को एक्सनले भरिपूर्ण ट्रेलर सार्वजनिक (भिडियो)

Read Next

‘समर लभ’ को ‘साया’ बोलको गीत सार्वजनिक ,गीतमा पुष्पन प्रधानको स्वर (भिडियो)