‘समर लभ’ को ‘साया’ बोलको गीत सार्वजनिक ,गीतमा पुष्पन प्रधानको स्वर (भिडियो)

चर्चित तथा अत्याधिक रुचाईएको युवा मनका ढुक ढुकी सुबिन भट्टराईद्वारा लिखित उपन्यास ‘समर लभ’ मा आधारित चलचित्र ‘समर लभ’ को पहिलो गीत सार्वजनिक भएको छ ।। रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचार प्रसारलाई तिब्र बनाउने हेतुले गीत रिलिज  गरेका छन् ।

सार्वजनिक रोमान्टिक गीतमा विदेशका विभिन्न शहरका मनोरम दृश्यहरु देख्न सकिन्छ । गीतको भिडियोमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । गीतमा स्वर पुष्पन प्रधानको सुन्न सकिन्छ भने उनलाई फिमेल भर्सनमा साथ बानिका प्रधानले दिएकी छिन् । शब्द, संगीत पनि पुष्पनको नै छ ।सार्वजनिक गीतमा लिड कलाकार आशिष पिया र रेवती क्षेत्री फिचर छन् ।

‘समर लभ’ प्रेमदिवस (भ्यालेन्टाइन डे) को अबसर पारेर आगामी माघ २५ बाट प्रदर्शनमा आउँदैछ । फिल्ममा आशिष र रेवतीसँगै सुरज सिंह ठकुरी, सरोज खनाल, ओमप्रतिक, नम्रता सापकोटा, शिशिर भण्डारी लिड अभिनयमा छन् ।

मुस्कान ढकाल निर्देशित ‘समर लभ’ लाई खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा सुबिन भट्टराई र सामिप्यराज तिमल्सिनाको संवाद रहेको छ । मन कृष्ण महर्जनले खिचेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन्।

नाइटिङ्गेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने विनोद अधिकारी कार्यकारी निर्माता छन् । अर्जुन जिसीले सम्पादन गरेको ‘समर लभ’मा स्वपन सरकार र मनोज बिक सहनिर्माता र एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् ।

Namaste Filmy

Read Previous

अलिशा शर्माको ‘नशालु’ हेराईले सुनिल क्षेत्रीलाई ‘लट्ठै बनायो‘’ (भिडियो)

Read Next

डिज राज पौड्यालको ‘फूलबुट्टे सारीम’को भिडियो सार्वजनिक