सोनाली बेन्ड्रे अमेरिकमा क्यान्सरको उपचारपछि भारत फर्किएकी छिन्

बलिउडकी प्रख्यात कलाकार सोनाली बेन्ड्रे अमेरिकमा क्यान्सरको उपचारपछि घर फर्किएकी छिन् । उनी सोमबार विहान सबेरै मुम्बाई फर्किएकी हुन् । सोनालीको स्वास्थ्यमा राम्रो सुधारपछि न्युर्योकबाट मुम्बाई फर्र्र्किएको उनका श्रीमान गोल्डी बहलले बताए ।

सोनालीको स्वास्थ्यमा राम्रो सुधार भएको र अव थप उपचारको लागि न्युर्योक जानु नपर्ने बहलले बताएका छन् । करिब छ महिनादेखि सोनाली राम्रो होस भन्ने चाहाना राख्ने सबैलाई उनी राम्रो भएको खबर गर्न चाहेको बहलले बताए । यस अवधिमा सोनालीप्रति सबैले देखाएको माया र समर्थनको लागि बहलले धन्यवाद दिए ।
अव सोनालीको उपचार पूरा भएको र अव उनी पूर्णरुपमा स्वास्थ्य भएकी बहलले बताएका छन् । न्युर्योकमा सोनालीको उपचारपछि उनलाई घर फर्काउन पाएको आफू अत्यन्त खुशि भएको बेहलले बताए । अरु विरामीले जस्तो उनको पनि नियमित जाँच गराउनु पर्ने बताइएको छ । सोनाली बलियो आत्मबल भएको महिला र उनीप्रति आफूलाई गर्व रहेको बहलले बताए ।

Namaste Filmy

Read Previous

डिज राज पौड्यालको ‘फूलबुट्टे सारीम’को भिडियो सार्वजनिक

Read Next

गायिका मेलिना राईको स्वरमा 'तिम्ले बाटो फे-यौ अरे २ ’सार्वजनिक (भिडियो)