दिपक बज्रचार्यको चर्चित गीत ‘मन मगन’ लाई युट्युबमा करोड प्लस भ्युज (भिडियो)

पछिल्लो समय देश तथा बिदेश जताततै निकै चर्चा पाईरहेको गायक दिपक बज्रचार्यको ‘मन मगन’ करोड क्लबमा प्रवेश गरेको छ । बिशुद्द नेपाली बाजा प्रयोग गरिएको ‘मन मगन’ भर्खरै मात्र करोड क्लबमा प्रवेश गरेको हो ।
नेपाल देखी नेपाल बाहिर जताततै अत्याधिक रुचाईएको गीतमा बिशुद्द नेपाली बाजा प्रयोग गरिएको छ । युट्युबमा रिलिज भएको करिब ७ महिना पछी १ करोड भन्दा धेरै पटक हेरिएको गीतले ८८ हजार लाइक्स प्राप्त गरेक्को छ भने ४ हजार मात्रै डिस्लाइक्स पाएको छ ।गीतलाई ५७ सय ३२ कम्नेट समेत मिलेको छ ।

रिक्की शाक्यको शब्द रहेको गीतमा गायक बज्रचार्यकै संगीत रहेको छ । गीतमा रिदम ब्याण्डको संगीत संयोजन रहेको छ । गीतको भिडियोलाई सुब्रत राज आचार्यले निदेशन गरेका हुन् भने अनिल मानन्धरले खिचेका हुन् । गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

गीतको नेपाली सँगै नेवारी र हिन्दी भर्जन पनि बनिसकेको छ । यि सबै भर्जनका गीतहरु युट्युबमा सार्वजनिक समेत भईसकेको छ । गीत नेपाल सँगै बिदेशका बिभिन्न रियालिटी शोहरुमा समेत चर्चित रहेको छ ।

Namaste Filmy

Read Previous

गायिका मेलिना राईको स्वरमा 'तिम्ले बाटो फे-यौ अरे २ ’सार्वजनिक (भिडियो)

Read Next

बलिउड आइटम डान्सर मलाईका अरोरा ४६ वर्षमा पनि टीनएजर देखिदै