'ह्यारी पोर्टर' बर्दियामा भेटिए । फोटो फिचर ।

[dropcap]च[/dropcap]र्चित हलिउड अभिनेता राल्फ फिनेस बर्दिया राष्ट्रिय निकुञ्ज पुगेका छन । निजी भ्रमणको रुपमा नेपाल घुम्न आएका उनी करिब एक साता पहिले काठमण्डौ ओर्लिएका हुन । नेपालका विभिन्न रमणिय प्राकृतिक सौन्दर्यसंग रमाउदै बर्दिया पुगेका उनले त्यहा हाती समेत चढेका थिए । त्यतिमात्र हैन उनले हातीपोलोसमेत खेलेका थिए । ralph1उनले बर्दियामा पुगेर घुमेको खाएको तथा रमाइलो गरेको विभिन्न तस्वीर हरु द टाइगर टप्स होटलको फेसबुकमा भेटिएको छ । टाइगर टप्स बर्दियाको सुबिधायुक्त लज हो, जुन होटलमा उनी बर्दिया बसाईका क्रममा बसेका थिए । यस होटलमा यसअघि पनि विभिन्न बिश्वचर्चित अभिनेताहरु नेपाल भ्रमणका क्रममा बस्ने गरेका थिए । राल्फ हलिउडका चर्चित फिल्म ह्यारी पोर्टर, जेम्स बन्ड लगायतका अभिनेता हुन । राल्फ नेपाल आउने तेस्रो नम्बरका हलिउड सुपरस्टार हुन । उनको भ्रमण नितान्त निजी रहेको बताइए पनि नेपाल आउने बेला अमेरिकि राजदुत पिटर डब्लु बोडीले भोज खुवाएको बुझिएको छ ।
ralph5 ralph4 ralph3 ralph2

Namaste Filmy

Read Previous

चलचित्र कलाकार संघले गरो रक्तदान कार्यक्रम

Read Next

मिलनले लण्डनमा 'हँसिया' देखाउदै ।