सविन श्रेष्ठ अभिनित चलचित्र ‘साजन’ को ट्रेलरमा प्रेम र द्वन्दले भरिपूर्ण (भिडियो )

एक्सन लभस्टोरी जनरामा निर्माण भएको नेपाली चलचित्र ‘साजन’ को ट्रेलर रिलिज भएको छ । दिपक तामाङ लामा निर्देशित चलचित्र ‘साजन’ को ट्रेलर आज रिलिज भएको हो । सार्वजनिक ट्रेलरमा प्रेम र द्वन्द देखाईएको छ । बि.जि बर्मा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सविन श्रेष्ठ, अप्सना थापा, अर्जुन गुरुङ, सुरबिर पण्डित आदिको मुख्य अभिनय रहेको छ ।

निर्देशक तामाङ र बसन्त बर्माले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा बाबुल गिरिको संगीत रहेको छ भने युद्द लामाको कोरियोग्राफी रहेको छ । विश्वाश भण्डारीले खिचेको चलचित्रमा शंकर महर्जनको द्वन्द रहेको छ ।
https://www.youtube.com/watch?v=DbsxPrv9-0U

Namaste Filmy

Read Previous

हरितारा चलचित्र पुरस्कार रेखा थापा र लय संग्रौलालाई

Read Next

जय किशन बस्नेतको चलचित्र ‘धुम ३’ युट्युबमा रिलिज (भिडियो)