जय किशन बस्नेतको चलचित्र ‘धुम ३’ युट्युबमा रिलिज (भिडियो)

चलचित्र ‘धुम ३’ युट्युबमा सार्वजनिक भएको छ । जय किशन बस्नेतको निर्माण तथा निर्देशन रहेको चलचित्र गए राती युट्युबमा सार्वजनिक भएको छ । असोज ५ गतेबाट प्रदर्शन भएको चलचित्रमा जय किशन बस्नेतको नै कथा रहेको छ । जाहान्वी बस्नेत र बब्रिम बस्नेतको प्रस्तुती चलचित्र ‘धुम ३’ मा जय किशन बस्नेत, एलिना रायमाझी, प्रज्वल गिरी, लय सङग्रौला, सोभित बस्नेत, उत्तम केसी, सुरबिर पण्डित, सिम्रन कार्की आदिको मुख्य अभिनय रहेको छ ।

चलचित्रमा हिमाल केसीको द्वन्द रहेको छ । चलचित्रलाई जीवन श्रेष्ठले खिचेका हुन् । तुलसी बासकोटाले सम्पादन गरेको चलचित्रमा टंक बुढाथोकी र ओम सुनारको संगीत रहेको छ । चलचित्र जय किशन बस्नेत फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।

Namaste Filmy

Read Previous

सविन श्रेष्ठ अभिनित चलचित्र ‘साजन’ को ट्रेलरमा प्रेम र द्वन्दले भरिपूर्ण (भिडियो )

Read Next

‘जीरो’को गीतमा सलमान खान र शाहरुख खान (भिडियो)