अलिशा राई र भिमफेदी गाइज फिचरिंग 'झ्याप्पै तिमीलाई'को भिडियो सार्वजनिक

गायक फुर्वा तामाङको आवाजमा रहेको ‘झ्याप्पै तिमीलाई’बोलको गीतको भिडियो सार्वजनिक भएको छ। बाबुल गिरीको संगीत तथा निर्मल पुरीको शब्दमा रहेको गीतमा फुर्वालाई लक्ष्मी स्याङ्तानले गीतमा साथ दिएकी छिन्।

रमाइलो र कमेडी शैलीमा कोरियोग्राफ गरिएको गीतमा नेपालका चर्चित डान्स ग्रुप भिमफेदी गाइज र अलिशा राईलाई प्रस्तुत गरिएको छ। अलिसाका लागि तिन दाजु भाईको हनाथापलाई गीतमा रमाइलो तरिकाले प्रस्तुत गरिएको छ।

भिडियो भिमफेदी गाइजका निर्मल लामाको निर्देशन तथा कन्सेप्टमा तयार भएको हो । गीतको भिडियोलाई पवन सुस्लिङले खिचेका तथा सम्पादन गरेका हुन्।

Namaste Filmy

Read Previous

मनाङमा अनमोल केसी र सुहाना थापा रोमान्टिक मुडमा (फोटो फिचर)

Read Next

गीत मार्फत भरतपुर महानगरपालिकाले गर्‍यो सबैलाई एकजुट हुन आग्रह (भिडियो सहित)