यो बर्ष पनि सलमान खानले कमाए सबै भन्दा बढी पैसा

‘सुल्तानलाई एकलेमात्र हराउन सक्छ, आफै सुल्तानले।’ सलमान खानले यो आफ्नो भनाई फेरि सावित गरेका छन् । भारतमा सबैभन्दा धेरै कमाउने सेलिब्रिटीजको फोब्र्स लिस्टमा उनी टपमा छन्।

लगातार तेस्रो वर्ष आफ्नो पोजिशनमा यथावत रहेका सलमान पहिलो स्टार हुन् । ब्लकबस्टर फिल्म र बिग बोसका साथै ब्राण्ड इंडोर्समेन्टको कमाइले  अक्टुबर २०१७ देखि सेप्टेम्बर २०८ सम्म उनको कमाई २ अर्ब ५३ करोड २५ लाख भारती रुपैँया पुगेको छ।
दोस्रो स्थानमा रहेका भारतीय क्रिकेट टीमका क्याप्टेन विराट कोहलीले २ अर्ब २८ करोड भारु कमाएका छन् । तेस्रो स्थानमा रहेका अक्षय कुमारले १ अर्ब ८५ करोड कमाई गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
हालै बिहे गरेकी बलिउड अभिनेत्री दीपिका पादुकोण सबैभन्दा धेरै आर्जन गर्ने सेलिब्रिटीजको सूचीमा पाँचौ स्थानमा छिन् ।   पद्मावत र ब्राण्ड इंडोर्समेंटबाट उनले १ अर्ब १२ करोड ८० लाख भारु कमाई गरेकी छन् । टप फाइभमा पर्ने उनी एक्ली महिला हुन् ।
दीपिकापछि धेरै कमाउनेको सूचीमा क्रिकेटर महेन्द्रसिंह धोनी छन् । उनीपछि आमिर खान, अमिताभ बच्चन, रणवीर सिंह, सचित तेन्दुलकर र अजय देवगन छन् । यी सबै टप टेनमा छन् ।
गएको वर्ष कमाईको हिसाबले दोस्रो स्थानमा रहेका शाहरुख खान र प्रियंका चोपडका लागि यो वर्ष सन्तोषजनक रहेन । यो वर्ष शाहरुख १३ औं स्थानमा छन् भन् प्रियंका ७ नम्बरबाट ४९ औं नम्बरमा खस्केकी छन् । शाहरुखले यो वर्ष ५६ करोडमात्र कमाए । यो कमाइ उनले व्यापार र विज्ञापनबाट गरेका हुन् ।
फोब्र्सका अुसार भारतमा सबैभन्दा धेरै आर्जन गर्ने १०० सेलिब्रिटीजको कुल कमाई ३१४०.२४ करोड भारु रहेको छ । यो आँकडा गएको वर्ष भन २६८३ करोड १७ प्रतिशत धेरै हो । यो सूचीमा १८ जना महिला छन् । त्यसमा आलिया भट्ट, अनुष्का शर्मा, तापसी पन्नू, नयनतारा र शटलर सिन्धू समेत छन् । गएको वर्ष यस्तो सूचीमा २१ महिला थिए ।

Namaste Filmy

Read Previous

चलचित्र ‘गीत गजल’को छायाँकन सकियो

Read Next

नेपाल आइडल – २ का टप फाइभ अस्ट‍्रेलिया टुरमा जादै