अभिनेत्री सृजना सुब्बा विवाह वैवाहिक बन्धनमा बाँधिइन्

अभिनेत्री सृजना सुब्बा विवाह बन्धनमा बाँधिएकी छिन् । मंसिर १९ गते उनले संस्कृतिकर्मी तथा सिनेमा निर्माता पदम सुब्बासँग लगनगाँठो कसेकी हुन् ।

सिर्जना वैवाहिक बन्धनमा बाँधिएसँगै उनलाई शुभकामना तथा बधाईको ओइरो लागेको छ । सिर्जनाले थियटरबाट करिअरको सुरुवात गरेकी हुन् । अहिले पनि उनी थियटरमै सक्रिय छिन् । यसका अलावा उनले लुट २, डाइङ क्याण्डल, मिस्टर भर्जिन, चक्कर लगायतका सिनेमामा अभिनय गरेकी छिन् । सृजना जीवन्त अभिनयका कारण चिनिएकी अभिनेत्री हुन् ।

Namaste Filmy

Read Previous

'म त पिरिम मा' को कभर भिडियो बनाउ नगद ५० हजार जिताऊ

Read Next

फ्राइडे रिलिज : प्रतिक्षीत चलचित्र 'प्रसाद' प्रदर्शनमा