फ्राइडे रिलिज : प्रतिक्षीत चलचित्र 'प्रसाद' प्रदर्शनमा

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘प्रसाद’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘प्रसाद’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।
‘प्रसाद’
फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘प्रसाद’ प्रदर्शनमा आएको छ।बुधबार भएको प्रिमियरमा सबैको तारिफ पाएको चलचित्र ‘प्रसाद’ लाई दिनेश राउतले निर्देशन गर्नु भएको हो।

‘लै लै’ बोलको गीतको लिरिकल भिडियोबाट र ‘बनकी चरी’ बोलको गीत र ट्रेलरले निकै हाइप पाएको यस चलचित्रमा चलचित्रमा नम्रता श्रेष्ठ, बिपिन कार्की, निश्चल बस्नेत आदिको मुख्य अभिनय रहेको छ ।

सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘प्रसाद’ लाई राजेश श्रेष्ठले खिच्नेका हुन् भने संगीत सुवाष भुसाल र कोशिष क्षेत्रीको छ ।नि:सन्तान दम्पतिको कथामा निर्माण भएको ‘प्रसाद’को कथा सिनेपत्रकार तथा समिक्षक सुशील पौडेलले तयार पारेका हुन् ।

Namaste Filmy

Read Previous

अभिनेत्री सृजना सुब्बा विवाह वैवाहिक बन्धनमा बाँधिइन्

Read Next

निश्चल बस्नेत निर्देशक देखी अभिनेता, आईटम ब्वाई हुँदै गायक सम्म सबैमा फिट र हिट