निश्चल बस्नेत निर्देशक देखी अभिनेता, आईटम ब्वाई हुँदै गायक सम्म सबैमा फिट र हिट

नेपाली चलचित्र एक धारमा गईरहेको बेला यस्तो चलचित्र बन्यो जसले एकाएक नेपाली चलचित्रको धार नै बदलदियो । एक्सन र लभ स्टोरी जनाराको चलचित्रले राज गरिरहेको नेपाली सिने बजारमा ‘लुट’ नामक चलचित्रले उथलपुथल नै ल्याईदियो । त्यो उथल पुथल ल्याउने काम गरे युवा निर्देशक निश्चल बस्नेतले । नेपाली सिनेमा बजारलाई नै तरंगित पार्ने गरी निर्माण भएको चलचित्र ‘लुट’ हेर्न दर्शकहरुको ओईरो नै लागेको थियो ।

बैंक लुट्न एक सामान्य ब्यक्तीले चलाएको दिमाख सबैले मन पराए । यस चलचित्रले धेरै कलाकारहरुलाई दिन २ गुना रात ४ गुना चर्चामा पुरायो । यही चलचित्रबाट निर्देशक निश्चल बस्नेतको चर्चा रातारात आकाशियो । निश्चलको निर्देशनमा फिल्म बनाउन चाहने निर्माताहरुको लामै लाईन लाग्यो । तर दर्शकहरुको भरोषा टुट्न नदिन निश्चलले अन्य फिल्म निर्देशनमा हतार गरेनन् ।

निश्चल थोरै फिल्म गर्ने तर दर्शकले आफु माथि गरेको भरोषा टुट्न नदिने सोचमा पुगे । यसर्थ अहिले पनि निश्चल फिल्म निर्देशन गर्न हतार गर्दैनन् । निश्चल ६-६ महिनामा फिल्म ल्याएर दर्शकलाई दिक्क पार्ने सोचमा छैनन् । दर्शक भने निश्चल निर्देशित फिल्म हेर्न आतुर रहेका छन् निश्चलले अहिले सम्म ‘लुट’ ‘लुट २’ ‘टलक जङ भर्सेज टुल्के’ जस्ता हिट फिल्महरु निर्देशन गरेका छन् ।
तिनै निर्देशक निश्चल बस्नेत पछील्लो समय निर्देशन बाहेकका कुराले चर्चामा रहेका छन् । पछील्लो समय निश्चल निर्देशित फिल्म धेरै नआए पनि निश्चल अभिनित फिल्म भन्ने आईरहेका छन् । निश्चललाई दर्शकहरुले पर्दामा देख्न पाईरहेका छन् । निश्चलले ‘कबड्डी कबड्डी”पर्व’ ‘झुम्की’ ‘२ रुपैया’ ‘लप्पन छप्पन’ जस्ता फिल्ममा अभिनय गरिसकेका छन् । निश्चल अभिनित अर्को चलचित्र ‘प्रसाद’ र ‘गरुण पुराण’ रिलिजको तयारीमा रहेको छ । यि मध्य केही फिल्ममा निश्चल मुख्य भूमिकामा नै रहेका छन्, केहीमा छोटो भूमिका र केहीमा भने ‘आईटम ब्वाई’ को रुपमा देखा परेका छन् । यसरी केही फिल्मबाट निश्चलले आफुलाई अभिनेताको रुपमा प्रस्तुत गरिसकेका छन् ।
निश्चलले आफुलाई यतीमा मात्र सिमित राखेका छैनन् । उनले आफुलाई आईटम ब्वाईको रुपमा पनि प्रस्तुत गरिसकेका छन् । आँफैले निर्देशन गरेको चलचित्र ‘लुट २’ को ‘ठमेल बजार’ ‘पर्व’ को ‘काले दाई’ ‘दुई रुपैया’ को ‘टल्क्यो जवानी’ देखी ‘गरुण पुराण’ को ‘म त पिरिममा’ जस्ता सुपरहिट आईटम गीतहरुमा ठुम्का मारेका छन् । यि मध्य ‘२ रुपैया’ र ‘गरुण पुराण’ मा मात्र निश्चलको मुख्य अभिनय रहेको छ भने अन्य फिल्ममा उनले आईटम गीतमा मात्र ठुम्का लगाएका छन् ।
निर्देशनमा जस्तै निश्चललाई अभिनेता र आईटम ब्वाईको रुपमा पनि दर्शकहरुले अत्याधिक रुचाएका छन् । निश्चलले ठुम्का मारेको आईटम गीतहरु हिट मात्र होइन सुपरहिट नै साबित भएका छन् । यसर्थ निश्चल निर्देशन र अभिनय जस्तै आईटम गीतमा पनि फिट र हिट रहेका छन् । पछील्लो समय आफु माथि लाग्ने गरेको ‘आईटम ब्वाई’ को ट्यागमा निश्चलको खास्सै आपत्ति पनि छैन । निश्चल आफु हरेक कुरा सिक्दै गईरहेको कारण ‘आईटम ब्वाई’ को ट्यागमा खास्सै आपत्ति नरहेको बताउछन् । बरु ६-६ महिनामा फिल्म निर्देशन गरेर दर्शकलाई वाक्क पार्ने सोचमा नरहेको निश्चलको भनाई रहेको छ ।
निश्चलको काम यतीमा मात्रै सिमित छैन । निश्चलले केही फिल्ममा आँफैले गीत समेत गाएका छन् । आँफैले ठुम्का मारेको ‘पर्व’ को ‘काले दाई’ मा निश्चल आँफैले स्वर भरेका छन् । यो गीतबाट त निश्चलले ‘काले दाई’ को उपनाम नै पाएका छन् । दर्शकहरु निश्चललाई ‘काले दाई’ भनेर सम्बोधन गर्छन् र यसमा निश्चलको कुनै आपत्ति पनि छैन ।
यस्तै उनले आफिले निर्देशन गरेको चलचित्र ‘लुट २’ को आईटम गीत ‘टल्क्यो जवानी’ मा पनि स्वर दिएका छन् जुन गीतमा निश्चलले सुमी मोक्तान सँग ठुम्का मारेका छन् । निश्चलले चलचित्र ‘लप्पन छप्पन’ को ‘लैजा माया पोको पारेर’ पनि गायका छन् । जुन गीत पनि राम्रै रुचाईएको छ । पछील्लो समय निश्चलले आफ्नै श्रीमती अर्थात स्वस्तिमा खड्काको अभिनय रहेको चलचित्र ‘बुल बुल’ को ‘खुद्रा खाद्री माया’ बोलको गीत पनि गाएका छन् । यो गीतले पनि अहिले युट्युबमा राम्रो भ्युज पाईरहेको छ भने श्रोताहरु बाट पनि राम्रो प्रतिकृया प्राप्त गरिरहेको छ ।
यो बाहेक निश्चलले केही म्युजिक भिडियोमा समेत काम गरिसकेका छन् । निर्देशकको रुपमा धमाकेदार इन्ट्री गरेका निश्चलले आफुलाई निर्देशकको रुपमा मात्र खुम्च्याउन चाहेनन् । न त उनले जबरजस्ती अभिनय र गायनमा हात नै हालेको भन्न मिल्छ । किनकी निर्देशक देखी अभिनेता, आईटम ब्वाई र गायक सबै रुपमा उनको कामलाई दर्शकहरुले मन पराएका छन् ।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज : प्रतिक्षीत चलचित्र 'प्रसाद' प्रदर्शनमा

Read Next

यौन शोषण आरोपमा चर्चित गायक मीका सिंह दुबईमा पक्राउ