
भारतीय गायक मीका सिंह दुबईमा यौन शोषण आरोपमा पक्राउ परेका छन् । उनीमाथि १७ वर्षीया ब्राजीलियन किशोरीको यौन शोषण गरेको आरोप लागेको छ ।
ब्राजीलको निवेदनअनुसार मीकालाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमअनुसार ब्राजीलियन मोडल रहेको बताइएको छ ।
मीकालाई बुधबार राती तीन बजे दुबई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पीडित किशोरीले मीकामाथि अश्लील तस्वीर पठाएको आरोप लगाएकी छन् ।
सांगीतिक कार्यक्रमका लागि मीका दुबई गएका थिए । दुबई प्रहरीले मीकालाई हिरासतमा लिएको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मीकाका साथीहरु उनलाई रिहा गर्न प्रयासमा रहेको बताइएको छ ।
यसै वर्षको मार्चमा पाटियाला कोर्टले मीकाका दाई दलेर मेहंदीलाई मानव तस्करीमा दोषी ठहर गरेको थियो । उनलाई दुई वर्षको सजाय सुनाइएको थियो । तर, उनी जमानतमा छुटेका थिए ।

