मिलनले लण्डनमा 'हँसिया' देखाउदै ।

[dropcap]ना[/dropcap]यिका हेमा श्रेष्ठको फाइटका कारण चर्चामा रहेको फिल्म हसियाको लण्डनमा प्रिमियर शो हुने भएको छ । शनिबार स्थानिय समयअनुसार ठिक २ बजे लण्डनस्थित प्रिन्सेस हलमा फिल्मको रेड कार्पेट प्रिमियर हुन लागेको हो ।hasiyaउक्त प्रिमियर शोमा सहभागी हुनको लागी महानायक राजेश हमाल लण्डन पुगिसकेका छन । हमालसंगै फिल्मका निर्देशक मिलन चाम्स, निर्माता दुर्घा घले लगायत लण्डन पुगेका छन । त्यस्तै पछिल्लो समय हलिउड फिल्ममा ब्यस्त अभिनेता विजय लामा पनि उक्त प्रिमियर शोमा सहभागी हुनेछन । प्रिमियरको लागी सबै टिकट बुक भइसकेको निर्देशक मिलन चाम्सको भनाई छ । उनले छिट्टै अर्को शो पनि गरिने जानकारी दिए । त्यस्तै फिल्मको हङकङ लगायत अन्य देशहरुमा पनि शो गरिने चाम्सले बताए ।

अगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म हंसियामा राजेश र हेमा को अतिरिक्त अनुपबिक्रम शाही बिशाल ढुङगाना आलोक कार्की, शीशिर राण रुबी राणा लगायतको पनि मुख्य अभिनय रहेको छ । मिलन चाम्सको डेब्यु निर्देशन रहेको फिल्मलाई रामकुमार केसी ले खिचेका हुन भने फिल्ममा अनुप सापकोटाको कथा रहेको छ । त्यस्तै फिल्ममा कल्याण सिंहको संगीत, रिनाशा राईको नृत्य, राज कुमार उप्रतीको द्धन्द तथा अर्जुन जीसीको सम्पादन रहेको छ । फिल्मको प्रोमो र महंगो आइटम गीतको कारण अहिले बजारमा निकै चर्चा छ ।

Namaste Filmy

Read Previous

'ह्यारी पोर्टर' बर्दियामा भेटिए । फोटो फिचर ।

Read Next

दोस्रो हप्तामा "नाई नभन्नु ल २ ', एक हप्ता मा २ करोड बढीको कारोबार