बलिउड अभिनेत्री प्रियंका चोपडा र निकको बिहेको खर्च ४ करोड

बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड सिंगर निक जोनासबीच भारतको राजस्थानस्थित उम्मेद दबाबरमा भव्य बिहे भयो । करिब ४ दिनसम्म बिहेको समारोह चल्यो । दुई परम्पराअनुसार त बिहेमात्रै भयो ।

यो शाही बिहेमा कति खर्च भयो एक कौतहलताको विषय हो । मीडिया रिपोर्टका अनुसार उम्मेद दबाबरमा ४ दिनको बुकिंगका लागि प्रियंकाले ३.३ करोड भारतीय रुपैयाँ तिरेको बताइएको छ । भने एक अमेरिकन पत्रिकाले यो बिहेमा ४ करोड भारु खर्च भएको बताएको छ ।
प्रियंका निकको कुरा सम्पती ३०० करोड डरलभन्दा धेरै छ । यती सम्पती रहेको यो जोडीले बिहेमा ४ करोडमात्र खर्च गर्नु कुनै ठूलो कुरा होइन । दुबै स्टारले बिहेलाई भव्य बनाउन कुनै कसर छोडेनन् ।
टाइम्स अफ इन्डियाका अनुसार हिन्दु परम्पराअनुसारको बिहेमा करिब ३० लाख भारु खर्च भएके थियो । र पाहुनाको खानामा करिब ४३ लाख भारु खर्च भएको थियो । मेंहदीदेखि संगीत र आतिशबाजीको खर्च जोड्ने हो भने ४.१३ करोड भारु हुने बताइएको छ ।
प्रियंका निकको बहिेमा एक म्याग्जिन ‘द कट’ प्रश्न उठाएको थियो । सो पत्रिकाले यो बिहे एक घोटला भएको भन्दै प्रेम पनि फेक भएको बताएको थियो। पत्रकार मारिया स्मिथले ‘के प्रियंका चोपडा र निक जोनासको प्रेम साँचो हो?’ भन्ने शिर्षकमा समाचार लेखेकी थिइन् । यो विषयमा प्रियंकाले म्याग्जिनलाई कडा जवाफ दिएकी थिइन् ।

Namaste Filmy

Read Previous

पुष २० मा रिलिज हुने ‘जय श्री दाम’को ट्रेलर सार्वजनिक (भिडियो)

Read Next

चलचित्र 'दाल भात तरकारी'को छायांकनमा निरुता,आँचल र पुष्पले यसरि गरे रमाइलो (भिडियो)