दोस्रो हप्तामा "नाई नभन्नु ल २ ', एक हप्ता मा २ करोड बढीको कारोबार

शुसन घिमिरे ,पोखरा ।।।
तिमि संगै जिउने मर्ने चाहना छ मेरो
म तिमि बिना अधुरो , तिमि म बिना अधुरो
मलाई जुनि जुनि तिम्रै हुने मन छ
फेरि फेरि नाई नभन्नु ल ।।।।।।।

वर्ष ०७१ सालको पहिलो शुक्रबार आज भने हलमा कुनै नयाँ फिल्म रिलिजमा आएका छैनन्
चैत्र २८ गते देखी रिलिज भएको सुपरहिट चलचित्र “नाई नभन्नु ल २” ले पहिलो हप्ता उत्साहजनक व्यापार संगै आज देखी दोस्रो हप्ताको यात्रा तय गरेको छ । हलमा दर्शकहरुको भिड नघटेपछि दोस्रो सातामा पनि पहिलो साताको जति नै हलहरुमा निरन्तरता पाएको छ । यो हप्ता पनि काठमाण्डौ उपत्यका का १९ तथा मोफसलका ६० हलमा “नाई नभन्नु ल २” चलिरहेको छ ।
सुरुबात को दुई दिन मा ६६ लाखको ग्रस कलेक्सन गरेको चलचित्रले चौथो दिन सम्म आईपुग्दा १ करोड ४६ लाखको कलेक्सन गरेको थियो ।
बर्ष २०७० सालमा व्लकबस्टर भएका अरु फिल्म भन्दा नाई नभन्नु ल २ को एक हप्ते सर्बाधिक उच्च हो ।

मोफसल बाट १ करोड १३ लाख १७ हजार कलेक्सन गरेको चलचित्रले काडमाण्डौ उपत्का बाट भने ९४ लाख ५० हजार कलेक्सन गरेको छ ।
मोफसलमा शुक्रबार ११ लाख कलेक्सन गरेको नाई नभन्नु ल २ ले शनिबार २१ लख , आईतबार १० लाख ६७ हजार , सोमबार ३५ लाख , मंगलबार १५ लाख , बुधबार १० लाख ५० हजार तथा बिहबिार १० लाख गरेको थियो भने काठमाण्डौ उपत्यकामा शुक्रबार ११ लाख , शनिबार २घ लाख ,आईतबार ९ लाख ,सोमबार २६ लाख , मंगलबार १० लाख बुधबार ७ लाख ५० हजार र बिहबिार ८ लाख गरि देशभरबाट कुल २ करोड ७ लाख ६७ हजार कलेक्सन गरेको छ ।
1184762_10202602251930200_386839426_n
बाल गायक प्रेम परियार स्बरबद्ध गित बसन्त सापकोटा र सुरेश गैह्रे को संगित तथा बालकलाकार द्धय अनुभब रेग्मी तथा सुज्ञानी भट्टराई को अभिनयले दर्शकहरु लाई हल सम्म तान्ने मुख्य कारण बन्न पुग्यो ।
1613966_627459950681902_1779928611372753482_n
निर्देशक बिकास आर्चाय का अघिल्ला चलचित्र जस्तै नाई नभन्नु ल २ को गित तथा संगित सुपरहिट भएको छ । निर्देशक बिकास आर्चायको लेखन रहेको नाई नभन्नु ल २ मा अनुभब र सुज्ञानीका अलवा प्रियंका कार्की , सुरजसिंह ठकुरी ,सरोज खनाल , सीताराम कट्टेल , बर्षा शिवाकोटी , अतिथि भुमिका मा जिबन लुईटेल तथा सोहित मानन्धर रहेको का छन् । वान टाईम सिनेमा प्राली तथा एञ्जल मुभिजको प्रस्तुतिमा दिनेश पोख्रेल ले नाई नभन्नु ल २ लाई निर्माण गरेका हुन् ।

Namaste Filmy

Read Previous

मिलनले लण्डनमा 'हँसिया' देखाउदै ।

Read Next

देश दौडाहामा "कबड्डी" युनिट नारायणगढमा पत्रकार सम्मेलन